Loading...
असोज ६, काठमाडौं। रोयल एनफिल्डले ‘हिमालयन’ नामक नयाँ बाइक नेपाली बजारमा भित्र्याएको छ ।भारतीय आइजर मोटर्सको सहउत्पादन रोयल एनफिल्डका लागि नेपालको अधिकृत विक्रेता दुगढ एन्ड सन्सले यी बाइक भित्र्याएको हो ।कम्पनीले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमालयन मोटरसाइकलको बुकिङ खुला गरिएको जानकारी गरायो ।एलएस ४१० सीसीको यो बाइक नेपाली सडकका लागि सुहाउँदो रहेको दुगढ एन्ड सन्सका अध्यक्ष मोतिलाल दुगढले बताए ।ग्रेनाइट र स्नो दुई रंगमा उपलब्ध यी बाइकको स्थानीय बजार मूल्य ५ लाख ६१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कृपया भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
Loading...
Loading...


0 comments:
Post a Comment