Ads

Tuesday, September 27, 2016

पोखरामा विदेशी पर्यटकको भव्य स्वागत

Posted By: Samsung - 2:41 AM

Loading...


असोज ११, पोखरा । कास्कीमा ३७औँं विश्व पर्यटन दिवसका अवसरमा पोखरा विमानस्थलबाट पोखरा आएका पर्यटकलाई आज भव्य स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटन संवद्ध सङ्घ संस्थाले पर्यटकको स्वागत गरेका हुन् । बर्सेनि विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने चलन अनुरुप कोरियाका नागरिक को यङ ही, किम योङ एन र काङ योङ एनलाई उपहार प्रदान गरिएको थियो । 

विशेष बाजागाजासहित सांस्कृतिक प्रस्तुतीका साथ गरिएको स्वागत समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम, रेस्टुरेट एन्ड बार एसोसिएसन (रेवान)पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलयका प्रमुख डोलराज ढकाललगायतले पर्यटकको स्वागत गर्नुभएको थियो । 

विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँबाट पोखरा हवाई मार्ग एवम् स्थल मार्गबाट आउने पर्यटकलाई स्वागत गर्ने प्रचलन अनुरुप आज स्वागत कार्यक्रम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताउनुभयो ।  विश्व पर्यटन दिवसकै अवसरमा आजै साँझ पोखराको लेकसाइडमा एक दिने सडक महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।रासस

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

निकै मार्मिक दशैको गीत हेर्नुहोस्


Loading...






About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy