Ads

Tuesday, September 27, 2016

जारका पानी पिउन योग्य छैनन् :स्वास्थ्य सेवा विभाग

Posted By: Samsung - 2:02 AM

Loading...

असोज ११, काठमाडौँ  । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन् । बोतल तथा जार एसोसिएसनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र एक लाख २० हजार जार र दुई लाख बोतलका पानी दैनिक रुपमा खपत भइरहेका छन् । 

हैजा नियन्त्रण बारेमा गुथि संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताउनुभयो । 

काठमाडाँै, ललितपुर, भक्तपुर र धादिङ जिल्लामा असार, साउन र भदौमा यस पटक एक सय ४५ जनामा हैजाको किटाणु भेटिएको थियो । तीमध्ये २४ प्रतिशत विद्यालयका बालबालिका थिए । सबैभन्दा बढी निर्माण कामदारमा हैजा देखिएको डा शर्माले जानकारी दिनुभयो । 

अहिले उपत्यकाको जनसङ्ख्या ४० लाखको हारहारीमा पुगिसकेको बताइन्छ । “खानेकुरा र सरसफाइभन्दा पानीकै कारण उपत्यकामा हैजाका बिरामी भेटियो । हैजाका बिरामीमध्ये अधिकांशले धाराको पानी र जारका पानी सिधै पिउनाले हैजाबाट सङ्क्रमित भए ”उहाँले भन्नुभयो । 

डा शर्माले कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेका जार र बोतलका पानीको परीक्षण गर्दा ५० प्रतिशत जारका पानी पिउन अयोग्य भटिएको जानकारी दिनुभयो । पानी उपभोक्ताले प्रयोग गर्नुपूर्व स्वयम् पानी उत्पादन गर्ने कं, गुणनियन्त्रण विभाग र स्वास्थ्य सेवा विभागले गुणस्तरका बारेमा परीक्षण गर्नुपर्ने प्रावधान रहिआएको छ । 

यस पटक उपत्यकाभित्र काठमाडौँको बाफल क्षेत्रमा सर्वप्रथम हैजाको सङ्क्रमण देखिएको थियो । यसपछि काठमाडाँैका डल्लु, सामाखुसी, डाँछी, त्रिपुरेश्वर, सुनधारा, थानकोट तथा ललितपुरका गोदावरी, लगनखेल, बालकुमारी थैव, ठेचो, भैँसेपाटी र धापाखेलमा यसका बिरामी भेटिएको थियो । 

कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका गुणस्तर शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले ट्यांकरका तुलनामा जारको पानीको गुणस्तर हुने भए पनि सिधै पिउन योग्य नहुने बताउनुभयो । उहाँले पानी व्यवसायीले बोतलको पानीमा जस्तै जारको पानीको गुणस्तरमा ध्यान दिन आग्रह समेत गर्नुभयो । 

खानेपानी तथा ढल निकास विभागका पानी गुणस्तर शाखाका प्रमुख नारायणप्रसाद खनालले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्तालाई जलजन्य रोगका बारेमा जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठनमा पानीको गुणस्तरमा कार्यरत विज्ञ डा सुदन पन्थीले जारको पानी ढुक्कसित पिउन सक्ने अवस्था नरहेको आफ्नो अध्ययनले समेत पुष्टि गरेको जानकारी दिनुभयो । 

ट्यांकर व्यवसायी विष्णु दाहाल, उपेन्द्र पाठक तथा अध्यक्ष भण्डारीले पानीकै कारणै उपत्यकामा हैजाको सङ्क्रमण नदेखिएको स्पष्ट पार्दै तरकारी तथा अन्य खाद्य पदार्थका कारण हैजा देखिएको हो भन्नुभयो । उहाँहरुले ५० प्रतिशत जारका पानी पिउन अयोग्य नभएको जिकिर समेत गर्नुुभयो ।

गुथिका संयोजक प्रकाश अमात्यले हैजा सङ्क्रमण हुन नदिन तथा रोग नै देखा पर्न नदिन पानी व्यवसायी, सरकार तथा उपभोक्ताले एकले अर्कालाई दोषारोपण गरेर भन्दा सहकार्य गर्नु आवश्यक रहेकामा जोड दिनुभयो । कार्यक्रममा ललितपुरका जनस्वास्थ्य अधिकृत झलक पौडेल तथा एन्फोका कार्यकारी निर्देशक विपीन डङ्गोलले पानी शुद्धीकरणका विधि र प्रक्रियाका बारेमा सचेतनाका कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभयो । रासस

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy