Ads

Wednesday, September 21, 2016

बाढीले पुल बगाएपछि बेगखोलामा वारपार गराउन स्वयम्सेवक

Posted By: Samsung - 9:54 PM

Loading...


असोज ६, म्याग्दी  । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बेगखोलामा बाढीको कारण वारपारमा समस्यामा परेका यात्रुलाई सहयोग गर्न अनेरास्ववियुको स्वयम्सेवक टोली खटिएको छ । 

बाढीले सडक, पुल र बेलिब्रिज बगाएपछि वारपारका लागि समस्यामा परेका सर्वसाधारण र यात्रुको सहयोगका लागि बुधबारदेखि अनेरास्ववियु, म्याग्दीले १० जनाको स्वयम्सेवक टोली खटाएको हो । 

घटनास्थलमा प्रहरीको उपस्थिति रहेपनि त्यहाँ यात्रुलाई वारपार गराउनेले महँगो शुल्क लिएको थाहा पाएपछि त्यस्तो कार्यलाई निरुत्साहित गर्दै यात्रुलाई निःशुल्क वारपारमा सहयोग गर्न स्वयम्सेवकका रुपमा खटिएको अनेरास्ववियु म्याग्दीका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रकाश पौडेलले बताउनुभयो । 

“यहाँ बिचौलियाले एकजनालाई वारपार गराएबापत महँगो शुल्क लिएको पाइयो, यसले यात्रु मर्कामा परेपछि हामी निःशुल्क वारपारमा सहयोग गर्न स्वयम्सेवकका रुपमा खटिएका हौँ”, अध्यक्ष पौडेलले भन्नुभयो । उहाँले यात्रुको सहजताका लागि स्वयम्सेवक खटिएपछि त्यहाँ महँगो शुल्क लिएर यात्रु वारपार गराउँदै आएका विचौलिया विस्थापित बनेको समेत बताउनुभयो । 

अध्यक्ष पौडेलको नेतृत्वमा खटिएको १० जनाको स्वयम्सेवक टोलीले पहिलो दिन सय वटा मोटरसाइकल र सयौँ सर्वसाधारण यात्रुलाई निःशुल्करुपमा वारपारमा सहयोग गरेका छन् । अनेरास्ववियुले बेगखोलामा यात्रुको सहज वारपारका लागि एक सातासम्म दैनिक १० जना स्वयम्सेवक खटाउने निर्णय गरेको छ । रासस


भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy