Ads

Wednesday, September 21, 2016

खोलाले धार परिवर्तन गर्दा बस्ती जोखिममा, दुई परिवार विस्थापित ( भिडियो सहित)

Posted By: Samsung - 9:22 PM

६ असोज, ताप्लेजुङ । वर्षाले घर भत्कदा ताप्लेजुङमा एक परिवार विस्थापित भएका छन् ।
मंगलबार रातिदेखि निरन्तर भएको वर्षाले बुधबार दिउँसो घर भत्कदा लिङतेप दुईका मंगलसिंह विकको परिवार विस्थापित भएका हुन् ।
वर्षाका कारण घर भत्किएपछि विकको परिवार लाई स्थानीयले नजिकै पाल टाँगेर राखेको शिक्षक नरेन्द्र नाल्बोले बताए । मंगलबार रातिदेखि निरन्तर परेको वर्षा बुधबार राति मात्र रोखिएको छ । आज भने विहानै देखि ताप्लेजुङको मौषममा सुधार आएको पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।
खोलाले धार परिवर्तन गर्दा बस्ती जोखिममा
यस्तै ताप्लेजुङको थुकिमा र नाल्वु गाविसमा पर्ने लंवा खोलामा बाढी आएर धार परिवर्तन गर्दा सक्रान्ते बजारको एक परिवार विस्थापित भएका छन् ।
छ घर जोखिममा परेका छन् । नाल्वुका स्थानीय ठाकुरसिंह नाल्वोका अनुसार शनिवार राति आएको बाढिले बस्ति तर्फ कटान गर्न सुरु गरेको हो । शनिवार देखि दिउँसो राति पानी परिरहेकाले खोलामा बाढी आउन सक्ने भएकाले स्थानीय उत्तरबहादुर नाल्वोको परिवार घर छाडेर छिमेकीकोमा सरेका छन् । बाढिका कारण आइतबहादुर साँवा, तुरुन ध्वज नाल्वो, विक्रम साँवा, जयाराम थलङ, आइतहाङ नाल्वो र श्यामकुमार साँवाको घर जोखिममा परेको नाल्वोले बताए ।
खाेलाले बगाएर पाँचथरमा एक बालक बेपत्ता
पाँचथर सदरमुकाम फिदिम नजिकै रहेको हेवा खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् । फिदिम चार थापा टारका केशव कटुवालका आठ वर्षीय  छोरा रिसव कटुवाल पुल छेउबाट खोलामा खसेर बेपत्ता भएको प्रहरीले बताएको छ ।
हिजो साँझ देखि बेपत्ता बालक राति सम्ममा पनि फेला पर्न नसकेपछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानियको टोलीले आज विहानैबाट खोजिकार्य जारी राखेको छ ।
Source : onlinekhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस् 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy