Ads

Sunday, August 14, 2016

संविधान संशोधनबारे एमालेले ‘पोजिसन’ बनाउँदै

Posted By: Samsung - 4:06 AM

३० साउन, काठमाडौं । सरकारले मधेसी मोर्चाको मागबमोजिम संविधान संशोधनको मस्यौदा संसदमा लैजाने गरी तयारी गरेको भनिरहेका बेला एमालेले त्यसबारे आफ्नो ‘पोजिसन’ बनाउने भएको छ ।
एमाले स्थायी कमिटी बैठकले संविधान संशोधनको सन्दर्भमा पार्टीको पोजिसन प्रष्ट पार्न लागेको हो । शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक आज अपरान्ह बस्ने भएको छ ।
संविधान संशोधनलाई सरकारका उपप्रधानमन्त्री र सत्तारुढ गठबन्धनका कतिपय नेताले सन्देहास्पद ढंगले उठाएको भन्दै एमालेले यसबारे प्रष्ट धारणा बनाउन लागेको उपाध्यक्ष भीम रावलले बताए ।
रावलले भने- हामीले संविधान संशोधनका बारेमा अहिले सरकारका मन्त्री र कतिपय नेताका भनाइ सुनिरहेका छौं । उनीहरुको नियत ठीक देखिँदैन । संविधान संशोधन औचित्यका आधारमा मात्र हुनुपर्छ भन्ने एमालेको धारणा हो ।
बैठकले संविधान संशोधनलगायत अरु नियमित एजेण्डाहरुमा पार्टीको दृष्टिकोण बनाउने सचिव गोकर्ण विष्टले बताए । बैठकले स्थानीय निकायहरुको गठनमा पार्टीको धारणा समेत बनाउने विष्टले बताए ।
उनका अनुसार एमाले स्थानीय निकायको सीमा निर्धारणसम्बन्धी अहिलेको आयोगले दिएको सुझावका आधारमा छलफल गर्न तयार छ । त्यस्तै आजको बैठकमा प्रदेश कमिटी गठन र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने विषयमा पनि छलफल हुने उनले बताए ।
२०७३ साउन ३० गते १२:०७ मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy