Ads

Sunday, August 14, 2016

धरहरा पुनर्निर्माणमा २ अर्ब लगानी गर्ने नेपाल टेलिकमको प्रस्ताव

Posted By: Samsung - 4:02 AM

३० साउन, काठमाडौं । नेपाल टेलिकमले धरहराको निर्माण, सञ्चालन र व्यवस्थापनमा चासो देखाएको छ । र, उसले २०७२ वैशाख १२ को भूकम्पमा ध्वस्त बनेको धरहरा पुनर्निर्माणका लागि आवश्यक खर्च गर्ने प्रस्ताव गरेको छ ।
टेलिकमका अधिकारीहरुले २ अर्ब रुपैयाँसम्म खर्च गर्न सक्ने भन्दै धरहरा पुर्निर्माण्को प्रस्ताव पुरातत्व विभागसमक्ष पेश गरेको छ ।
सरकारले धरहरालाई विसं १९९० अघिकै स्वरुपमा ११ तलमा पुनर्निर्माण गर्ने योजना तयार गरिसकेको छ । प्रस्तावित धराहराको निर्माण लागत ३ अर्ब अनुमान गरिएको छ र, सरकारले जतताबाट रकम उठाएर धरहरा बनाउने भन्दै ‘म बनाउँछु धरहरा’ अभियान चलाइरहेको छ ।
नेपाल टेलिकमले भने यो अभियानबाट उठेको रकममा आवश्यक सबै आफूले थपेर धराहरा बनाउने प्रस्ताव गरेको छ ।
कोषमार्फत उठेको रकममा नपुग रकम थप गरेर धरहरा बनाउन संस्था तयार भएको टेलिकम प्रवक्ता प्रतिभा वैद्याले जानकारी दिइन् । उनकाअनुसार सम्झौता हुन बाँकी रहेकाले कसरी, कति लगानी गर्ने भन्ने यकिन भएको छैन । ‘सरकारको निर्णयअनुसार सम्झौता भयो भने यसका लागि काम सुरु हुन्छ,’ वैद्यले भनिन्, ‘लगानीका लागि टेलिकम तयार छ भनेर हामीले भनेको हौं ।’
पुरात्व विभागका महानिर्देशक भेषनारायण दाहालले टेलिकमले गरेको प्रस्तावमाथि कुनै निर्णय नभएको बताए । सबैपक्षलाई विचार गरेर मात्रै धरहरा कसरी बनाउने भन्ने निश्कर्ष निकालिने उनले बताए । ‘यसअघि जगदम्बा ग्रुपले पनि प्रस्ताव ल्याएको थियो । अहिले टेलिकमले ल्याएको छ,’ उनले भने, ‘धरहरा कसरी बनाउने भन्ने अन्तिम निर्णय भएपछि मात्रै थप कुरा भन्न सकिन्छ ।’
२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।
बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुने आर्किटेक इञ्जिनियर विष्णु पन्थीले बताए । धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । तीन वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा मिलाएर आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको छ । हुलाकलाई चारखालमा स्थानान्तरण गर्ने योजना छ ।
२०७३ साउन ३० गते १४:५२ मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy