Ads

Monday, August 15, 2016

अल्छी मानिसलाई लाग्ने रोग

Posted By: Samsung - 6:59 AM

काठमाडौँ। निष्क्रिय जीवनशैली अपनाउने मानिसलाई अमेरिकी व्यंग्यकार रोबर्ट आर्मस्ट्रङले ‘कौच पोटेटो’ (गद्दाको आलु) भनी उपनाम दिएका थिए । यो शब्दलाई पश्चिमा सञ्चारमाध्यमले निकै चर्चित बनाए । यही दुई शब्दले अमेरिकामा बसेर काम गर्ने, निष्क्रिय जीवनशैली अपनाउने अल्छीहरूलाई व्यायाम र शारीरिक काम गर्न घचघच्याइदियो ।
यसले जनस्वास्थ्यमा निकै सकारात्मक प्रभाव ल्याएको मानिन्छ । दिनभरि टेबल वर्क गर्ने, बढी टिभी हेर्ने, किताब पढ्ने, कम्प्युटरमा काम गर्ने, भिडियो गेम खेल्ने, मोबाइल फोनका कार्यक्रम चलाइरहनेजस्ता जीवनशैली अपनाउादा शरीरमा अनेकौा विकार पैदा हुन्छन् । दिनहुा लगातार पााच घन्टासम्म यस्तो कार्य गर्नु तर व्यायाम नगर्नुलाई निष्क्रियता मानिन्छ । शरीरलाई रोगले घर बनाउन नदिने केही उपाय यस्ता छन् :
१- घरको आँगनबाटै गाडी चढेर अफिस जाने, अफिसमा पनि बसेर सबै काम गर्ने, हातका औँलाबाहेक शरीरका अन्य अंग नचलाउने, घर फर्किंदा पनि अफिसदेखि घरको संघारसम्मै मोटरमा आउने जीवनशैली स्वास्थ्यका दृष्टिले गम्भीर हुन्छ । कतिपय मानिस आर्थिक रूपमा धनी तर ‘समयका हिसाबले गरिब’ हुन्छन् । यस्तो अवस्थालाई ‘समयजन्य गरिबी’ (टाइम पोभर्टी) पनि भनिन्छ । यस्ता वर्गका मानिसलाई शारीरिक सक्रियता बढाउन समय निकाल्न समस्या नै हुन्छ । तर, समय निकालेर आफ्नै अग्रसरतामा आनीबानी र जीवनशैली परिवर्तन गरी शारीरिक सक्रियता र स्वस्थ जीवनशैली बनाउन सकिन्छ ।
२- निष्क्रिय जीवनशैली र बसी–गर्ने काम, जसलाई अंग्रेजहरू ‘सेडेन्टरी लाइफस्टाइल’ वा ‘सेडेन्टरी जब’ भन्छन्, यसले मानिसको स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे गम्भीर अध्ययन अनुसन्धान भइरहेको छ । सन् २००२ मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा सचेत गराउँदै बसेर गर्ने काम, आलस्य वा विलासी जीवनशैली शारीरिक निष्क्रियताका कारणले प्रतिवर्ष विश्वमा २० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ । त्यस्तै, मृत्युका १० मुख्य कारणमध्येको एक शारीरिक निष्क्रियता हो भनी निष्कर्ष पनि निकालेको छ ।
३- निष्क्रिय जीवनशैली वा बसेर गर्ने काम आफैँमा समस्या होइन । तर, यसले विभिन्न शारीरिक तथा मानसिक रोग जस्तै– डिप्रेसन, मधुमेह, उच्च रक्तचाप, मोटोपन, मिर्गौलामा पत्थरी (किड्नी स्टोन), मुटुको रोग, खुट्टा र फोक्सोका नसाभित्र रगतका ढिक्का टाँसिने बिमार (डिप भेन थ्रोम्बोसिस), हड्डी कमजोर हुने रोग (अस्टेओपरोसिस), ढाड र घुँडा दुख्ने, कोलोन (पेटको) क्यान्सर, शरीर वा रगतको चिल्लोपनले ल्याउने समस्या (लिपिड प्रोब्लेम) आदि देखापर्न सक्छन् । यस्तै कारणले गर्दा निद्रा पाउन स्लिपिङ ट्याब्लेट खाएर सुत्नुपर्ने समस्या धेरैमा देखिन्छ ।
४-खाएको नपच्ने, भोक तथा निद्रा नलाग्ने, ग्यास्ट्रिक, एसिडिटी, रगत सफा नहुने, मांसपेशीको निष्क्रियता वा कमजोरी (मसल एट्रोफी), रोग प्रतिरोधी क्षमतामा ह्रास आउने, यौन दुर्बलता हुने, शारीरिक संरचना बिग्रने र आखिरमा मृत्युको सम्भावना अत्यधिक बढ्ने हुन्छ । दिनभरि चुरोट पिउँदै तास खेल्ने, साँझ परेपछि रक्सी खाने मानिसको निष्क्रिय जीवनशैली आफैँमा अभिशाप र परिवारलाई पनि बोझ हुन्छ । धेरै महिलाको शारीरिक संरचना ज्यादै मोटो, भद्दा र हिँड्न पनि गाह्रो भइरहेको देखिन्छ । अत्यधिक मोटोपनले सास फेर्न, उठ्न–बस्न गाह्रो हुन्छ । त्यसमाथि खानपानमा ध्यान नदिनेको त अल्पायुमा मृत्युको कारण आफ्नै जीवनशैली हुने गर्छ ।
अल्छी नहुने तरिका
स्वस्थ हुन बसेर मात्रै होइन, उठेर पनि काम गर्नुपर्छ । बस्दाभन्दा उभिँदा ऊर्जा वा क्यालोरी खर्च बढी हुन्छ । हरेक घन्टा १० मिनेट शरीर तानतुन गर्ने, घुमाउने र अघि वा पछि झुक्ने सामान्य व्यायाम गर्दा धेरै फाइदा हुन्छ । यस्तो वेलामा योगका आसनहरू उपयोगी हुन्छन् । अफिसमा काम गर्दा खाजा लिने क्यान्टिन कुर्सीभन्दा केही टाढा बनाउने । ताकि, केही मिनेट हिँड्नुपरोस् । बाथरुम र कसिंगर फाल्ने टोकरी पनि कुर्सीभन्दा टाढा राख्ने । लिफ्ट प्रयोग नगरी सिँढी उक्लिने वा ओर्लने, टिभी हेरेको वेला वा मोबाइलमा कुरा गरिरहँदा पनि ट्रेडमिलमा हिँड्ने गरी कोठा मिलाउन सकिन्छ ।
मोबाइलमा कुरा पनि बसेरभन्दा उभिएर वा केही हिँडेर गर्दा बेस हुन्छ । अफिसका सहकर्मीसँग इन्टरकम (फोन)का सहायताले कुरा गर्नुभन्दा आमनेसामने कुरा गर्न जानेजस्ता कामले पनि शारीरिक सक्रियता कायम राख्न सकिन्छ । कतिपय ठूला कम्पनीले स्टाफलाई चिया छुट्टी (टी ब्रेक) वा फुर्सदको १०–१५ मिनेटमा हिँडाइ पुर्‍याऊन् भन्ने ध्येयले अफिसभित्रै ट्रेडमिल राखिदिएका हुन्छन् । सबैतिर यस्तो सम्भावना हुँदैन । त्यसैले अफिस जाँदा वा फर्किंदा पैदल हिँड्ने वा बसबाट जाने हो भने एक स्टेसनपहिले नै ओर्लेर हिँड्दा शरीर सक्रिय हुन पाउँछ ।
शारीरिक सक्रियताले सामान्य खाना पनि मिठो लाग्छ । असन्तुलित खाना, अल्प निद्रा र बढी काममा शारीरिक सक्रियता वा व्यायाम भयो भने पनि जोखिम उत्पन्न हुन सक्छ । सन्तुलित वा निश्चित समयमा खानाको टुंगो छैन, धपेडी, शारीरिक सक्रियता, अल्प निद्रा आदि विसंगति जोडिए भने क्षयरोग, पेट र कलेजोका रोग, तनाव, चिडचिडाहट आदि उत्पन्न हुन सक्छन् ।
यसले कपाल चाँडै फुल्ने वा झर्ने, रक्तअल्पता, आँखाको शक्ति कमजोर हुने हुन सक्छ । बिहान सबेरै उठ्ने, बिहानको समय स्वास्थ्य, शारीरिक सुगठन, स्वस्थ मनस्थिति बनाउने कार्य गर्ने र अफिसमा पनि शारीरिक सक्रियता कायम राख्ने हो भने रोग वा शारीरिक विकार उत्पन्न हुन पाउँदैन ।नयाँ पत्रिकाबाट

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy