Ads

Monday, August 15, 2016

चरमसुख के हो

Posted By: Samsung - 7:09 AM


अग्र्याजम या चरमसुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिएजस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न । पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर, महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ ।
महिलाको चरमसुख पुरुषको भन्दा जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुषसाथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ । भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरमसुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका क्लिटोरिस र जी स्पट उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरमसुखबाट वञ्चित हुन्छन् । केहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन ।
डिप्रेसनका बिरामीमा किन सेक्सको रुचि हुँदैन ?
डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुको साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चर्मोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखापर्न सक्छ ।  यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । त्यसैले सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिन जरुरी छ ।
डिप्रेस्ड मानिस उदास, थकित र उत्साहहीन हुन्छन् । उनीहरूमा साथीसंगीहरूसँग हाँसखेल गर्ने या कनुै मनोरञ्जनका काम गर्ने रुचि नै हुँदैन । डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हुँदैन । अझ डिप्रेस्ड महिला बढी प्रभावित हुन्छन् । उदासी र खिन्नता, नकारात्मक विचारहरूले गर्दा डिप्रेस्ड व्यक्तिको शारीरिक तथा मानसिक ऊर्जा पनि कम हुन्छ । डिप्रेसनका रोगीले कि त बढी खान्छन्, बढी सुत्छन् र मोटाउँछन्, कि त कम खान्छन्, राम्रोस“ग निदाउ“दैनन् र दुब्लाउ“छन् । यसरी डिप्रेस्ड मानिसको शारीरिक स्वास्थ्य पनि बिग्रिन्छ ।
उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउँछ । अनि, सेक्स प्रक्रियामा अवरोध देखापर्छ । अपराधबोधका कारण अयोग्य आत्मछवि सिर्जना हुन्छ । सेक्स प्रक्रियामा कठिनाइ, नकारात्मक विचार तथा अनावयक शंका–उपशंकाका कारण पतिपत्नीको सम्बन्ध नै धरापमा पर्न सक्छ । परिवार नै भताभुंग हुन सक्छ । डिप्रेसन जटिल बन्यो भने जिन्दगी नै बर्बाद हुन सक्छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy