Ads

Wednesday, August 24, 2016

सफल यौन कार्यका लागि के गर्ने ?

Posted By: Samsung - 9:11 AM


भाद्र ८, २०७३-

सफल यौन कार्यका लागि के गर्ने ?

- डा. सुमनराज ताम्राकार


http://bit.ly/2bNjuUa
प्राय: पुरुषले यौनसम्पर्कपछि ती कार्य गरिरहेका हुन्छन् जुन महिलालाई मन पर्दैन । सफल यौन कार्यका लागि दुवैजना मनैदेखि समर्पित हुनु अनिवार्य छ । विवाहित दम्पतीबीच विशेषत: पुरुष पार्टनरले यौनसम्पर्कपछि गर्ने कतिपय व्यवहारले उनीहरू सहवासप्रति गम्भीर नभएको वा उनीहरूमा कुनै स्वार्थ लुकेको देखिन्छ । यस्तो व्यवहारप्रति महिला (श्रीमती) ले तत्काल गुनासो गरिहाल्दैनन् तर मनमा साँचेर राखेका भने हुन्छन् । यौनसम्पर्कपछिको यस्तो व्यवहारले सहवास एउटा कर्तव्य मात्र हो, यसमा कुनै मनोरञ्जन छैन भन्ने हुन्छ । यौनसम्पर्कलगत्तै सहवाससँग असम्बन्धित अन्य कार्यमा लाग्दा आफ्नो पार्टनरप्रति कर्तव्यनिष्ठ नभएको कुरा बुझिन्छ ।


निदाउने बानी : अधिकांश दम्पतीमा यो समस्या हुन्छ । यौनसम्पर्कमा संलग्न दम्पतीमध्ये विशेषत: पुरुषहरू यौनसम्पर्क सकिनासाथ निदाउँछन् । त्यसो त सहवास गरेपछि पनि यौनिक खिसिट्युरी गरी थप मज्जा लिन सकिन्छ । यौनसम्पर्कपछि निदाउने बानीले सहवासको मज्जा स्वाट्टै घटाउँछ ।

सफा गर्न हतार गर्ने बानी : योनि लिंग सम्पर्कपूर्व पाकक्रीडाका क्रममा सँगै नुहाउने, नुहाउँदै यौन क्रियाकलाप गर्ने बानीेले सम्भोग कार्यलाई बढावा नै दिन्छ, तर पनि आफ्नै श्रीमान् वा श्रीमती नै भए पनि कतिपय यौनसाथीलाई वीर्य वा योनिरस निकै असहज लाग्छ । कतिपय मानिसमा यौनसम्पर्कपछि सफाइ गर्न हतारिने बानी हुन्छ ।

यस्तो व्यवहारले आफ्नो यौनसाथीमा कतै अप्रिय कार्य नै गरियो कि भन्ने गलत प्रभाव पर्नसक्छ । बरु सहवासपछि सफा कपडा वा प्याड प्रयोग गरेर आलिंगन गर्दै आपसी चुम्बनलाई निरन्तरता दिँदा थप आनन्द प्राप्त हुन्छ ।

साथीलाई समय दिने : अफिस तथा अन्य ठाउँका साथी एवं भोलिपल्ट वा पछि फोन सम्पर्क वा इमेल च्याटिङ गर्न सकिन्छ । त्यसैले यौनसम्पर्कको आनन्द लिनुको सट्टा मिस्डकल वा एसएमएसप्रति ध्यान पुर्‍याउन थालियो भने वास्तविक यौन आनन्द लिन सकिँदैन । यस्तो बानीले सहवासप्रति रुचि नभएको र यसलाई बाध्यताका रूपमा लिइएको अनुभव हुनसक्छ ।

पढाइ वा काम : सहवासमा संलग्न हुँदा दम्पतीले के सोच्छन् भन्ने कुरा अझै अनुत्तरित नै छ, तर सहवासपछि काम गर्न थाले वा पढ्नमा व्यस्त हुन थाले यौनसाथीले यौन कार्यप्रति फरक सोच बनाउँछन् । छिटो–छिटो यौन कार्य सिध्याउन चाहेको मानेर कालान्तरमा दाम्पत्य सम्बन्धमै समस्या उत्पन्न हुन सक्छ ।

शिशुलाई सँगै सुताउन ल्याउने प्राय: विवाहित महिला पार्टनर (श्रीमती) को बानी हुन्छ । यसले पुरुष यौनसाथी भिँmजिन सक्छन् । किनभने त्यसले सहवासपछि पनि अन्य यौन क्रियाकलापमा लिप्त हुन चाहेको बेला आफ्नो श्रीमान् वा पुरुष पार्टनरलाई बेवास्ता गरेजस्तो देखिन्छ ।

अलग्गै सुत्ने : त्यसो त विवाहित नै भए पनि कतिपयको छुट्टै सुत्ने बानी हुन्छ । यस्तो भए पनि विशेषगरी यौनसम्पर्क लगत्तै तकिया, सिरक च्यापी अर्को खाट वा ओच्छ्यानतिर लाग्नु जिम्मेवार यौनसाथीलाई सुहाउँदैन । यस्तो व्यवहारले आफ्नै यौनसाथीले आफूलाई लत्याएको मानी पछि–पछि यौन क्रियाकलापमा सहभागिता जनाउन आनाकानी गर्न सक्छन् ।

फेरि खाना खाने : प्रेमालाप गर्नुअघि मिष्ठान्न वा यौनवद्र्धक खानेकुरा खानु लाभप्रद नै हुन्छ तर यौन कार्यलगत्तै फेरि भान्सातिर चहार्न थाल्यो भने यौनसाथीले निको मान्दैनन् । अघि आफ्नो यौन पार्टनरलाई यौनको भोक होइन कि पेटको भोक लागेको अनुभाव हुन्छ । यस्तो कार्य हामीमध्ये कसैबाट भैरहेको हुनसक्छ । आफ्नो यौनसाथीलाई वास्तवमै माया गरिन्छ, सफल तरिकाले सम्भोग गर्ने चाहना छ र फेरि–फेरि यौनकार्यका लागि उत्प्रेरित गर्न मन छ भने माथिका गल्ती नदोहोर्‍याउनु नै बुद्धिमानी हुन्छ ।


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy