Friday, August 12, 2016
३९ पत्नी, ९४ छोराछोरी, ३३ नातिनातिनीसहितको विश्वकै ठूलो परिवार
Posted By: Samsung - 11:28 AMमिजोरम, साउन २० । एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् ।
तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित गरिएको छ ।
कुल १८१ सदस्य संख्या रहेको यो परिवारका मुखिया जियोना चाना हुन् । उनका ३९ पत्नी छन् । त्यस्तै ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी उनको परिवारका सदस्य छन् ।
भारतको मिजोरमस्थित बख्तवाङ्गमा बसोबास गर्दै आएको यो परिवार एउटै घरमा एउटै भान्छा प्रयोग गर्दै आएको छ । सय कोठा भएको चार तले घर यो परिवारले ढाकिएको छ ।
जियोनाको पहिलो विवाह सन् १९५९ मा भएको हो । उनको पछिल्लो विवाह भने सन् २००४ मा भएको थियो ।
यो परिवारको पेट भर्नका लागि दैनिक एक सय ३० किलो अन्न र तरकारी पाक्ने गर्दछ । मासुका लागि यो परिवारलाई एक छाकमा ३० देखि ४० वटा कुखुरा चाहिने गर्दछ ।
जियोनाका सबै पत्नी आज्ञाकारी छन् र आपसमा मिलेर बस्दै आएका छन् । -एजेन्सी
Filled Under
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
Subscribe to:
Post Comments (Atom)



0 comments:
Post a Comment