Ads

Friday, August 12, 2016

अमेरिका पुगेका बलिउड अभिनेता शाहरुख खान प्रहरी नियन्त्रणमा

Posted By: Samsung - 11:35 AM

लस एन्जलस, साउन २८ । बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकी प्रहरीले नियन्त्रणमा लिएका छन् ।
अमेरिकी सहर लस एन्जलसस्थित विमानस्थलमा आफू प्रहरीको नियन्त्रणमा रहेको शाहरुख खानले जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘म जहिले पनि अमेरिका आउँदा अध्यागमन विभागमा हिरासतमा लिइनु निकै दुःखलाग्दो भएको छ ।’
एक अर्को ट्वीटमा उनले प्रहरी नियन्त्रणमा आफूले ‘पोकेमोन गो’ गेम खेलिरहेको जनाएका छन् ।
केही घण्टाको अनुसन्धानपछि आफू प्रहरी नियन्त्रणबाट मुक्त भएको शाहरुखले जानकारी दिएका छन् ।
शाहरुखलाई सन् २०१३ मा पनि अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला उनलाई न्यूयोर्क विमानस्थलमा करिब दुई घण्टा नियन्त्रणमा राखिएको थियो ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy