काठमाडौं । यहाँ नाटकीय रुपमा विहेको प्रस्ताव आइरहेको छ । विश्वको सबैभन्दा ठूलो खेलकुद महामेलामा भएको बिहे प्रस्ताव हो यो ।चिनियाँ डाइभर हि जीले महिलाको ३ मिटर स्प्रिङबोर्ड स्पर्धामा रजत पदक आइतबार जितिन् । तर अन्त्यमा उनले आफ्ना प्रेमीबाट अर्को पुरस्कार पाइन्, जो विश्वभरका टिभी दर्शकको अगाडि घुँडा टेकेर उनीसामु याचना गर्दै गिए, ‘विल यु म्यारी मी ?’
प्रेमी क्वीन काइले पनि गत साता पुरुषको ३ मिटर सिङक्रोनाइज स्पि्रङबोर्डमा काश्य जितेका थिए । प्रेमीको ऐतिहासिक प्रस्ताव जी ले स्वीकार् नगरने कुरै थिएन, र भनिन, ‘एस’
‘हामी ६ बर्षदेखि सम्बन्धमा छौं र मैले उनले आजै बिहेका लागि प्रस्ताव गर्लान भनेर सोचेको थिइनँ ।’ जी ले भनिन्, ‘उनले धेरै कुराहरु गरे, मेरै कसम खाएका छन् । तर मेरो बिचारमा मलाई यो कुराले निक्कै प्रभावमा पारेको छ कि उसलाई म जीवनभर विश्वास गर्न सक्छु ।’
एक सार्वजनिक बिबाह प्रस्तावको सचित्र विवरण
सम्झनुस तपाईं एक ओलम्पिक डाइभर हुनुहुन्छ र यसका लागि रजत पदक लिँदै हुनुहुन्छ ।
त्यतिबेला तपाईंको प्रेमी जो ६ बर्षदेखि तपाईंलाई मायाँ गरिरहेका छन्, उसले मञ्चमै आएर थुप्रै क्यामरापर्सनको अगाडि बिहेको प्रस्ताव गर्छन् ।
उनी तपाईंको अगाडि घुँडा टेकेर बस्छन्, क्यामरापर्सनहरु तपाईंको पछाडि रहेर सुक्ष्म दृश्य खिचिरहेका छन् ।
यस्तै भयो हि जी को सवालमा पनि । प्रेमीको हातमा इनगेजमेन्ट रिङसहितको रातो बाक्सा देखिन्, उनले आफुलाई रोक्न सकिनन्, उनको आँखाबाट आँशु चुहिन थाल्यो । तर त्यो खुसीको आँशु थियो ।
एउटा हातमा ओलम्पिक मेडल बोकेकी उनले अर्को हातले अनुहार छोप्दै रुन लागिन् । यो क्षणमा क्वीन काइ भने प्रेम सफल भएकोमा निक्कै सन्तुष्ट देखिन्थे ।
त्यसपछि उनी उठे र प्रेमीकाको औँलामा औँठी लगाइदिए । त्यसपछि उनीहरुले अंकमाल गरे । यतिबेलासम्म जी ले आफुलाई संहाल्न सकिरहेकी थिइनन् । उनको अनुहारमा भने उच्च सन्तुष्टि झल्कन्थ्यो ।
उनीहरुको त्यो पललाई सोही स्पर्धाकी स्वर्ण बिजेता चिनियाँ सी निङमाओ र काश्य पदक बिजेता इटलीकी तानिया काङनोट्टोले चियर्स गरिरहेका थिए ।






0 comments:
Post a Comment