Ads

Wednesday, August 17, 2016

पासवर्ड परिवर्तन गरिरहनेको एकाउन्ट ह्याक हुने खतरा

Posted By: Samsung - 6:21 AM

तपाईंले चलाई रहनुभएको सामाजिक सञ्जाल तथा विभिन्न एकाउन्टको पासवर्ड परिवर्तन गरिरहनुहुन्छ ? यदी त्यसो हो भने चाँडो चाँडो पासवर्ड परिवर्तन गर्दा एकाउन्ट ह्याक हुनसक्ने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको टेलिकम नियामक निकाय फेडरल टेलिकम कमिशनले पटकपटक पासवर्ड परिवर्तन गर्नु असुरक्षित रहेको निष्कर्ष निकालेको हो । दूरसञ्चारका क्षेत्रमा काम गर्ने एक सय संस्था मध्येको एक फेडरल टेलिमकम कमिशन सबैभन्दा ठूलो संस्था हो ।

उक्त रिपोर्टमा पासवर्ड लगातार परिवर्तन गरिरहँदा पासवर्डको प्याटन थाहा हुने भएकाले असुरक्षा बढ्ने निष्कर्ष निकालेको छ । यस विषयमा एक विश्वविद्यालयले लामो समयसम्म गरेको अध्ययन अनुसार यो तथ्य सार्वजनिक भएको हो ।

जसले चाँडो चाँडो पासवर्ड परिवर्तन गर्छ उसले प्रायः सम्झन सजिलो हुने नम्बर राख्ने भएकाले परिवर्तन गर्नु र नगर्नुको कुनै अर्थ नरहने अर्को एक अनुसन्धानले पत्ता लगाएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy