Ads

Sunday, August 14, 2016

ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलतर्फ सेमिफाइनलमा

Posted By: Samsung - 4:40 AM

काठमाडौं । घरेलु टोली ब्राजिल जारी रियो ओलम्पिकको पुरुष फुटबलतर्फ सेमिफाइनलमा प्रबेश गरेको छ ।
बार्सिलोनाका सुपरस्टार नेइमार प्रेरित ब्राजिली टोली महादेशीय प्रतिद्धन्दी कोलम्बियालाई दुई शून्यले हराउँदै ओलम्पिकको सेमिफाइनलमा पुगेको हो ।
एरेना कोरिन्थिनासमा आज बिहान भएको खेलमा १२औं मिनेटमै नेइमारले ब्राजिललाई अग्रता दिलाएका थिए । उनले फि्रकिक मार्फत गोल गरेका हुन् । त्यस्तै खेल सकिन ७ मिनेट बाँकी छँदा नेइमारकै पासमा लुआनले करीव २० यार्डबाट उत्कृष्ट गोल गर्दै टोलीलाई दुई शून्य गोलले जित सुनिश्चित गराए ।
ओलम्पिकमा पहिलो पटक उपाधि जित्ने अभियानमा रहेको ब्राजिली टोलीले सेमिफाइनलमा होण्डुरससँग प्रतिस्पर्धा गर्नेछ । होण्डुरस पनि दक्षिण कोरियालाई एक शून्य गोलेल पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो । उसका लागि खेलको ६०औं मिनेटमा अबलर्टो एलिसले गोल गरेका थिए ।
यता पुरुष फुटबलको अर्को सेमिफाइनलमा जर्मनी र नाइजेरियाबीच प्रतिस्पर्धा हुनेछ । गएराति भएको खेलमा जर्मनीले पोर्चुगललाई र नाइजेरियाले डेनमार्कलाई पराजित गर्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।
पोर्चुगलको अण्डर २३ टोलीको यात्रा क्वाटरफाइनलबाटै समाप्त गराउने क्रममा जर्मनीको युवा टोलीले ४-० को जित हासिल गर्न सफल भयो । जर्मनीका लागि ग्नाब्री, गिन्टर, सेल्के र म्याक्सले गोल गरेका थिए । जर्मनीले गरेको तीन गोलका लागि जर्मनका २० बर्षीय मिडफिल्डर जुलियन ब्रान्ड्टले बल उपलब्ध गराएका थिए ।
यता साल्भाडोरमा भएको खेलमा युरोपियन टोली डेनमार्कको चुनौति पन्छाउने क्रममा नाइजेरियाका ओवि मिकेल र अमिनु उमारले एक एक गोल गरे ।
सेमिफाइनलको आ-आफ्नो खेलमा जित हासिल गरे उपाधिका लागि ब्राजिल र जर्मनीको युवा टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । सन् २०१४ को ब्राजिल विश्वकपको सेमिफाइनलमा जर्मनीको सिनियर टोलीले ब्राजिललाई ७-१ गोलले पराजित गरेको थियो ।
२०७३ साउन ३० गते ११:०५ मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy