एजेन्सी । ‘वोग’ नामक म्यागेजिनका लागि सीमा नाघेर समुद्रमा मस्ती गरेको हट फोटोशूटको चर्चा र विबाद सेलाउन नपाउँदै बलउिड नायिका आलीया भट्टले फेरी नयाँ खुलासा गरेकी छिन् ।
बलिउड नायक सिद्धार्थ मल्होत्रासँगको सम्बन्धलाई लिएर बेलाबेलामा विबादमा तानिदै आएकी यि सुनदरीले सिद्धार्धका सन्तानकी आमा बन्न चाहेको बताएर संचार माध्यमको नजर फेरी एक पटक आँफु तिर तानेकी छिन् । यसअघि मुखै पोडेर बोल्न हिचकिचाउने आलीयाले एक अन्र्तवार्ताको रेपिड फायर राउन्डमा यस्तो बताएकी हुन् ।
आलीयालाई एउटा एकान्त टापुमा कुनै पुरुषसाग तपाईलाई मात्रै छोडीदिएको खण्डमा कोबाट तपाईले सन्तान जन्माउन चाहानुहुन्छ भनी सोधीएको प्रश्नमा उनले निर्धक्क रुपमा आफ्ना प्रेमीको नाम बताएकी थिइन् ।
जसमा उनलाई अप्शनका रुपमा आदित्य राय कपूर, सिद्धार्थ र वरुण धवनको नाम रोज्ने अप्शन दिइएको थियो । आलिया र सिद्धार्थ लामो समयदेखि प्रेम सम्बनधमा रहादै आएका छन् ।


0 comments:
Post a Comment