Ads

Thursday, August 18, 2016

प्रेम गरेको भन्दै बाबुद्धारा छोरीको ‘हत्या’

Posted By: Samsung - 12:18 AM
भदौ २, वीरगञ्ज। पर्साको महादेवपट्टीमा एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको हत्या गरेको बताएका छन् । महादेवपट्टी ३ का शिव मुखिया बिनले छोरी प्रभाको हत्या गरेका प्रहरीसमक्ष बताएका हुन् । गाउँका युवकसँग प्रेम सम्वन्ध रहेको भन्दै उनले हत्या गरेको बताइएको छ ।

हत्याको खबर पाएलगत्तै प्रहरीले बिनलाई पक्राउ परेको छ । तर, प्रभाको शव भेटिएको छैन । बिनले प्रहरीसामू हत्या स्वीकार गरेका छन् । र, शवलाई भारतीय सीमा नजिकैको जंगलमा लगेर फालेको बताएका छन् । उनले भनेको क्षेत्रमा प्रहरी टोली परिचालन गरेपनि शव नभेटिएको डीएसपी होविन्द्र बोगटीले बताए ।घटनापछि परिवारका अन्य सदस्य पनि फरार छन् । प्रहरीले शव नभेटिएसम्म थप केही भन्न नसकिने बताएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy