काठमाडौं, २ भदौ ।आफ्नै घरेलु मैदानमा भइरहेको रियो ओलम्पिकमा ब्राजिललाई जर्मनीसँग विश्वकपमा भएको लज्जास्पद हारको बदला लिने अवसर प्राप्त भएको छ ।
विश्वकपमा फाइनल चरणका खेलमा प्रवेश गर्नुअघि नै जर्मनीले दिएको लज्जास्पद हारको बदला अब रियो ओलम्पिकमा लिने अवसर प्राप्त भएपछि ब्राजिल आफ्नो रणनीतिमा लागेको छ ।
बुधबार राति भएको पुरूष तर्फको फुटबल खेलमा नाइजेरियालाई २–० ले हराउँदै जर्मनी फाइनलमा प्रवेश गरेको हो । जर्मनीले अब स्वर्ण पदकका लागि फाइनलमा आयोजक ब्राजिलसँग आउँदो शनिबार प्रतिस्पर्धा गर्नेछ। सोही प्रतिस्पर्धामा ब्राजिलले जर्मनीलाई हराएर बदला लिन खोजेको छ ।
यसअघि ब्राजिल होन्डुरसलाई हराएर रियो ओलम्पिकको फाइनलमा पुगेको हो । सेमिफाइनलमा पराजित भएका होन्डुरस र नाइजेरियाले कास्य पदकका लागि शनिबार राति खेल्ने छन्।


0 comments:
Post a Comment