काठमाडौं, भदौ १२ – चर्चित गायक एवं संगीतकार खेमराज गुरुङको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिको लागि प्रज्ञा भवन कमलादीमा राखिएको थियो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेता, कलाकार तथा सर्वसाधारण प्रज्ञा भवन पुगेका थिए ।
एमाले नेता झलनाथ खनाल, लालबाबु पण्डित, माओवादी नेता तथा सञ्चार मन्त्री राम कार्की सुरेश, नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताले गुरुङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । कलाकारहरु चेतना सापकोटा, दीपाश्री निरौला, राजशपाल राईलगायत कलाकारले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।त्यस्तै श्रद्धाञ्जलि दिन सर्वसाधारणको पनि ठूलो घुँइचो थियो ।
संखुवासभाको खाँदबारीमा जन्मिएका गुरुङले घुमफिर, ढाँक्रे, जीवनलगायत गीति एल्बम निकाल्नुभएको थियो । उहाँको वारी जमुना पारी जमुना बोलको गीत निकै चर्चित छ ।
उज्यालोबाट साभार
Sunday, August 28, 2016
गायक खेमराजलाई श्रद्धाञ्जलि दिन कलाकारदेखि नेतासम्म
Posted By: Samsung - 9:01 AM
Filled Under
NEWS
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment