Ads

Saturday, August 20, 2016

हिट हुदै पशुपति र कोमलकोे “लास्टै चोटी हो” (भिडियो सहित)

Posted By: Samsung - 9:46 PM

बिनोद ढुंगाना 
भदौ ५, पोखरा । कहिले पोईला जान पाम त कहिले हत्तेरीका शिवजी रैछौ बदमास भन्दै प्राय: तिजका गीतहरुमा पोई शब्द जोड्ने गायिका कोमल वलीले पोई सिरिजको अनत्य गर्नका लागी भन्दै चर्चित गायक पशुपति शर्मासँगको सहकार्यमा बजारमा ल्याएको गीत “लास्टै चोटी हो ” युट्युवमा सर्वाधिक हेरिएको छ । पशुपति शर्मा र कोमल वलीको स्वरमा रहेको गितको सिर्जना पनि पशुपतिले गरेका हुन् ।

तिज आउन अझै २ हप्ता बाँकी रहे पनि समाचार तयार पार्दासम्म यस गीतलाई १६ लाख ९८ हजार २ सय ७८ पटक हेरिएको छ  । यसपालि तिजमा पशुपतिको सिर्जना र स्वरमा रहेका १३ वटा गीतहरु बजारमा आएपनि “लास्टै चोटी हो” अन्य गीतको तुलनामा वढी सफल बनेको छ । बब्बु थापाको निर्देशनमा बनेको भिडियोमा   कोमल र पशुपतिले नैै अभिनय गरेका छन् । गीतलाई के सिरीजले बजारमा  प्रस्तुत गरेको हो । सर्वाधिक हेरिएको गितको भिडियो:-

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy