Ads

Thursday, August 18, 2016

केटीहरुबीच 'ग्याङ्फाइट', एउटीको टाउको फुट्यो

Posted By: Samsung - 9:46 AM
भदौ १, काठमाडौं । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन्।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ ९सामुहिक झगडा० को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको छ।

 १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरुङ र मनता शाही  तथा १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार पक्राउ गरेको हो। पसलमा बस्ने र अस्मिता सोही बाटो भएर हिँडडुल गर्दा कर्के नजरले हेर्ने गरेको विवादमा घटना भएको हो। 
आफूलाई कर्के आँखाले हेरेको विषयमा तीनजना युवती मिलेर अर्की युवतीलाई मरणासन्न हुनेगरि कुटेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी प्रभाग कपनले १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरुङ र मनता शाही  तथा १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार पक्राउ गरेको हो।

प्रभागका इन्चार्ज फडिन्द्र रानाभाटका अनुसार कुटपिटमा संलग्न तीनैजना युवती साततलेमा रहेको पसलमा बस्ने र अस्मिता सोही बाटो भएर हिँडडुल गर्दा कर्के नजरले हेर्ने गरेको विवादमा घटना भएको हो। 

बुधबार साँझ तीनैजना पसलमा रहेका समय अस्मितालाई आउदै गरेको देखेपछि उनीहरुले फिल्मी शैलीमा अस्मितालाई कुटपिट गरेका थिए। कुटपिट गर्दा घाइते भएकी राईलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल चावहिल लगिएकोमा अस्पतालले थप उपचारका लागि दीर्घायु अस्पताल मित्रपार्कमा रेफर गरेको थियो। अस्मिताको टाउकोमा चोट लागेको छ। 

प्रभागले बुधबार नियन्त्रणमा लिएका तीनैजना र घाइतेका परिवारको आपसी सहमतिमा बिहीबार घटना मेलमिलापमा टुङगाएको छ। प्रहरी निरीक्षक रानाभाटका अनुसार घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र अब मिलेर बस्ने दुवै पक्षबीच सहमति भएको छ।


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy