Loading...
भाद्र १४, २०७३- इभान राकिटिचले पहिलो हाफमा हेडबाट गरेको गोल सहयोगमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओलाई १–० ले हरायो र शतप्रतिशत सुरुआत कायम राख्यो । जितसम्म पुग्न बार्सिलोनाले खेलको अन्त्यतिर बिलबाओले तेर्साएको कठिन चुनौती सामना गर्नुपरेको थियो । राकिटिचले २० औं मिनेटमा टिमले बुनेको सुन्दर मुभमा गोल गरे । लियोनल मेसी र लुइस स्वारेज भने पोस्ट अगाडि कमजोर देखिए ।
जितपछि बार्सिलोना पनि रियल म्याड्रिडसँगै शीर्षस्थानमा रह्यो । लास पाल्माससँग लिगमा दुई चरणको समाप्तिमा दुवै खेल जित्न सफल तीन टिम मात्र रहेका छन् । युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलेको एट्लेटिको म्याड्रिड दुई चरणपछि नै आफ्ना दुई प्रमुख प्रतिद्वन्द्वीको भन्दा चार अंकले पछाडि परिसकेको छ । बार्सिलोनाको पछिल्लो जितपछि भने निर्णायक गोलकर्ता राकिटिचले भने, ‘ला लिगामा खेल कहिल्यै सजिलो हुन्न । अत्यधिक दबाबमा खेल्नुपर्ने हुन्छ ।’
Loading...
खेलको अन्त्यमा भने बार्सिलोना नै जितको हकदार रहेको उनको दाबी थियो । आइतबारको अर्को महत्त्वपूर्ण खेलमा सेभियाले भिल्लारियलसँग निराशाजनक गोलरहित बराबरी खेल्यो । लास पाल्मासले भने ग्रेनाडालाई ५–१ ले हराएको थियो र त्यसमा नयाँ अनुबन्धित खेलाडी केभिन प्रिन्स बोएटिङले दुई गोल गरेका थिए । यस्तै एल्भास र स्पोर्टिङ गिजोनबीचको खेल पनि गोलरहित बराबरीमा रह्यो । एल्भास पनि अहिलेसम्म अपराजित छ ।
इटाली
मिलान– मार्को साउले खेलको अन्त्यतिर गोल गरेपछि यसै सिजन बढुवा पाएको कागलिरीले इटालीको सिरी ‘ए’ मा आइतबार एएस रोमालाई २–२ को बराबरीमा रोक्यो । जेनोआ भने अर्को बढुवा पाएको टिम क्रोटोनोमाथि ३–१ को जित निकाल्न सफल रह्यो । जेनोआ सुरुआती अंक तालिकाको शीर्षस्थानमा रह्यो ।
इंग्ल्यान्ड
लन्डन– इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आइतबार वेस्ट ह्यामलाई ३–१ ले हराएर अन्तर्राष्ट्रिय फुटबलका लागि विश्राम लिन अगाडि आइतबार अंक तालिकामा शीर्षस्थान कब्जा गर्यो ।

0 comments:
Post a Comment