Ads

Thursday, August 25, 2016

फेवातालमा डुवेर एक युवकको मृत्यु

Posted By: Samsung - 1:25 AM

भदौ ९ , पोखरा । पौडी खेल्ने क्रममा पोखराको फेवातालमा डुवेर एक युवकको मृत्यु भएको छ ।बिहीबार मध्यान्ह १२ बजेदिर फेवातालको दक्षिण पूर्वी क्षेत्रमा केदारेश्व मन्दिर नजिकै पौडी खेल्न पानीमा पसेका स्याङ्जा घर भइ पोखरा बस्दै आएका १९ बर्षीय अमृत मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

तालमा डुवेका उनको तत्काल उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।फेवातालमा डुवेर पछिल्लो १५ दिनमा तीन जनाको ज्यान गइसकेको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy