Ads

Wednesday, August 17, 2016

उपप्रधानमन्त्री निधिको भारत भ्रमण आजबाट

Posted By: Samsung - 9:31 PM

२ भदौ, काठमाडौं । सरकारको विशेष दूतका रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि आज भारत जाँदैछन् ।
पछिल्लो समय विग्रेको नेपाल भारत सम्बन्धलाई थप मजबुत पार्न, भारतीय राष्ट्रपति लाई नेपाल भ्रमणको निम्तो दिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणका एजेन्डा तय गर्न उनलाई विशेष दूतका रुपमा सरकारले भारत पठाएको हो ।
निधिको  पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भाजपा अध्यक्ष अमित साहसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस माओवादी गठबन्धन सरकारले दुई छिमेकी चीन र भारतसँगको समन्ध सुधारका लागि विशेष दूत पठाउँने यसअघि निर्णय गरेको थियो । जसअनुसार उपप्रधानमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा रहेका छन् ।
२०७३ भदौ २ गते 10:15 मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy