Ads

Wednesday, August 17, 2016

चितवनका विद्यार्थीले बनाए रोबोट

Posted By: Samsung - 9:33 PM
भदौ २, चितवन । नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुरमा अध्ययनरत विद्यार्थीले प्राकृतिक प्रकोपमा जमिन तथा मानवनिर्मित संरचनाभित्र फसेका मानिसको उद्धारमा सहयोगी हुने रोबोट निर्माण गरेका छन् । 

इन्स्टिच्युटअन्तर्गत इलेक्ट्रिकल ओभरसियर छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले भत्किएका संरचना र जमिनभित्र गई त्यहाँ भएका जीवित मानिसलाई उद्धार गर्न विशेष किसिमको सूचना जडित प्रविधि जडित गरी रोबोट बनाएका हुन् । 

रोबोटले संरचनाभित्र पुरिएर रहेका मानिसको अवस्थाका बारेमा भिडियो तथा अडियो सूचना नियमित प्रवाह गर्नेगरी निर्माण गरिएको निर्माणको नेतृत्व गरेका विद्यार्थी श्यामकृष्ण खतिवडाले बताउनुभयो । ब्याड पाक्स नामाकरण गरिएको उक्त रोबोटलाई वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने खतिवडाको भनाइ छ । 

विशेष प्रकारको ३६० डिग्री घुमाउन मिल्ने क्यामरा जडान गरिएको उक्त रोबोटले संरचनाभित्रको अवस्थाको भिडियो नियमित कम्प्युटरमा पठाउने गर्दछ । 

रोबोटको माध्यमबाट विपत्तिमा परेका मानिसलाई औषधि तथा पानी पनि पु¥याउन सक्ने गरी डिजाइन गरिएको अर्का विद्यार्थी अभिषेक काफ्लेले बताउनुभयो । विद्यार्थीले ५० हजार रुपैयाँ लागतमा करिब नौ महिनाको मिहिनेतपछि उक्त रोबोट तयार पारेका हुन् । 

इन्स्टिच्युटका प्रिन्सिपल इन्जिनियर बाबुराम उपाध्यायले प्राकृतिक विपत्तिमा परेकाको उद्धारमा रोबोट सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट अन्य विद्यार्थीलाई प्रेरणा मिल्ने पनि बताउनुभयो । आगामी दिनमा यसलाई अझै सुधार गरी लैजान कलेजले सहयोग गर्ने उहाँको भनाइ थियो । 

कलेजका प्रमुख प्रशासक शिव सुवेदीले विद्यार्थीको लगनशीलताको प्रशंसा गर्दै अनुशासित भएर अध्ययन–अनुसन्धान गर्दाको परिणाम यो रोबोट तयार भएको बताउनुभयो ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy