Ads

Sunday, August 14, 2016

पटक-पटक पासर्वड परिवर्तन गर्नुहुन्छ ? सचेत रहनुस्

Posted By: Samsung - 8:43 PM

सुन्दै आएका छौं कि पासवर्ड परिर्वतन गरिरहनु पर्छ ताकि अनलाइन अकाउन्ट गलत व्यक्तिको हातमा नपरोस् ।
पछिल्लो २०-३० वर्षदेखि कम्प्युटर र अनलाइनको दुनियामा यही मान्यता स्थापित छ । यो कुरा यसरी स्थापित भएको छ कि कम्पनीहरु ४ देखि ६ हप्तामा पासर्वड परिवर्तन गरिरहेका हुन्छन् ।
तर, अमेरिकाको टेलिकम नियमक निकाय फेडरल टेलिकम कमिसन पासवर्ड पटक-पटक बदल्नुपर्छ भन्ने मान्यतालाई गलत मान्छ । विश्वको एकसय भन्दा बढी टेलिकम संस्थान मध्ये यो सबैभन्दा ठूलो हो ।
रिपोर्टअनुसार तपाईं पटक-पटक आफ्नो पासवर्ड परिवर्तन गर्नुभयो भने ह्याकरहरुले प्याटर्नलाई सजिलै पत्ता लगाउन सक्छ । र, यसबाट पासवर्ड पत्ता लगाउन उनीहरुले थोरै सजिलो हुन्छ ।
फेडरल टेलिकमका अधिकारीहरुले केही पुराना इमेल अकाउन्टमार्फत यो कुरा पत्ता लगाएका छन् कि बारम्बर पासवर्ड परिवर्तन गरेपनि धेरैले आफ्ना पुरानो पासवर्डलाई दोहोर्‍याउँछन् ।
यसबारे एक विश्वविद्यालयले पनि अध्ययन गरेर यही तथ्य बाहिर ल्याएको छ । अध्ययनबाट पत्ता लागेको छ कि धेरैलाई आफूलाई सहज हुने गरी पासवर्डहरु राख्छन् । तर, त्यस्तो पासवर्ड राख्नु वा नराख्नुको कुनै अर्थ हुँदैन । अंग्रेजीमा नै पासवर्ड राख्नु पर्नेछ भने नेपाल-भारत जस्तै देशमा बढी समस्या छ ।
यसैकारण कति स्मार्टफोन कम्पनीले औँठा छापलाई पनि पासवर्डका रुपमा प्रयोग थालेको छन् । यो पासवर्ड भने जुनसुकै भाषा बोल्नेका लागि पनि उपयुक्त हुन्छ ।
तर, तिनै स्मार्टफोनमा खुल्ने अनलाइन साइटमा भने अझै पनि अंग्रेजी भाषाको पासवर्ड नराखी सुखै छैन ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy