Ads

Sunday, August 14, 2016

किन गुगल छाड्दैछन् वरिष्ठ अधिकारीहरु ?

Posted By: Samsung - 8:27 PM

गुगलको मातृ कम्पनी अल्फाबेटबाट उच्च व्यवस्थापकीय तहमा रहेका अधिकारीहरुले कम्पनी छाड्ने लहर नै चलेको छ । पछिल्लो पटक गुगल भेन्चर्सका प्रमुख बिल मरिसले कम्पनी छाड्दैछन्।
अल्फाबेटको भेन्चर क्यापिटल विभागको रुपमा रहेको गुगल भेन्चरका संस्थापक समेत रहेका मरिसले अप्रत्यासित रुपमा कम्पनी छाड्ने भएका हुन् ।
हालै एक अन्तरवार्ताका क्रममा उनले कम्पनी छाड्न लागेको खुलासा गरेका हुन् ।
‘मैले आफ्नो मिसन पूरा गरेँ’ मरिसले भनेका छन्, ‘सबै चिज निकै राम्रो अवस्थामा भएकैले मैले छाड्न थालेको हुँ।’
आफुले परिवारसँग समय बिताउन चाहेको हुँदा पनि कम्पनी टाड्ने निधो गरेको उनको भनाइ छ ।
स्मरण रहोस् गुगलको ड्राइभरलेस कार डिभिजनका प्रमुख प्रविधि अधिकृत क्रिस अम्र्सनले गत हप्ता मात्र कम्पन छिाडेको घोषणा गरेका थिए ।
त्यस्तै अल्फाबेटको अर्को कम्पनी नेष्टका सिइओ तथा संस्थापक टोनी फ्याडेलले जुन महिनाको सुरुमा राजिनामा दिएका थिए ।
मरिसले सन् २००९ को आर्थिक मन्दीको समयमा १० करोड डलर पुँजी सहित गुगल भेन्चर स्थापना गरेका थिए । गुगल भेन्चरले यसबीचमा उबर, नेष्ट तथा स्लाक लगायतका ३ सय भन्दा बढि स्टार्टअपहरुलाई आर्थिक लगानी गरिसकेको छ ।
ती मध्ये कतिपय लगानीहरु गुगलका लागि रणनीतिक महत्वका सावित भएका छन् । उदाहरणका लागि गुगलले ३ अर्ब २० करोडमा नेष्ट कम्पनी खरीद नै गरिसकेको छ भने उबरको डाटाबेसलाई गुगल म्यापमा एकत्रित गरेको छ ।

मरिसले छाडेसँगै गुगलका पूराना कर्मचारी डेभिड क्रेन गुगल भेन्चरको सिइओ तथा म्यानेजिङ डाइरेक्टर चुनिएका छन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy