Ads

Wednesday, August 24, 2016

कांग्रेसमा मन्त्री भागबन्डा नमिल्दा विवाद

Posted By: Samsung - 7:06 PM


भदौ ९ , काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्री र मन्त्रालयको भागबन्डामा चर्कौ विवाद देखिएको छ ।

सम्मानजनक अवस्था नभए सरकामै नजाने चेतावनीसहित पौडेल पक्षले नाम नदिएपछि कांग्रेसभित्र सत्ता भागबन्डा विवाद उत्कर्षमा पुगेको हो ।

पौडेल पक्षले आफ्ना तर्फबाट नाम नदिएकै कारण बुधकार मन्त्रिपरिषद विस्तार हुन सकेन । आकर्षक पाँच मन्त्रालय दाबी गरेकामा सभापति देउवाले चार भन्दा बढी मन्त्रालय दिन नसकिने बताएपछि पौडेल पक्षचिढिएको अाजको राजधानी दैनिकमा समाचार छ ।पौडेल पक्ष मन्त्रालय भागबन्डा विवाद पनि हल हुन नसकेको बताएको छ ।

सभापति देउवाले आफ्नो तर्फका मन्त्री पठाउने व्यक्ति टुंगो लगाएलगत्तै पौडेल पक्षबाट पनि मन्त्रीको नामावली टुंगो लगाउन बुधबार दिउँसो पौडेल निवास बोहोराटारमा केन्द्रीय सदस्य र सांसदको भेला भएको थियो ।प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसलिे १३ मन्त्रालय पाउने सहमति भएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy