Loading...
न्यूजनेपाल २४
भदौ १, पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले शुक्रबार सल्लाहाकार समितिको पदस्थापन तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । पदस्थापन कार्यक्रमबाट प्रमुख संरक्षकमा प्रजापति पराजुली , संरक्षकमा तारापति सुवेदी र याम बहादुर गुरुङलाई चयन गरेको छ । यस्तै सल्लाहाकार संयोजकमा सोमनाथ बास्तोला रहेका छन् भने मोती गिरी,पार्वती जिसी, कोविदशरण उपाध्याय, त्रिभुवन शर्मा, दामु अधिकारी,निलकण्ठ आचार्य,दिपक तिमिल्सेना ,नारायण शर्मा, दुर्गा कोईराला,शुक्रमणि सापकोटा,ईन्दु विष्टलाई सल्लाहाकारको रुपमा चयन गरेको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक तथा प्रतिष्ठान कास्कीका प्रमुख संरक्षक प्रजापति पराजुलीले प्रतिष्ठान कास्कीलाई सहि सुझावको आवश्यक रहेको भन्दै सल्लाहकारले सहि सुझाव दिनुपर्ने बताए । उनले अन्य जिल्लाले भन्दा फरक किसिमको काम कास्कीले गरेको बताउदै यस्तै काम गर्न प्रतिष्ठान कास्कीलाई सुझाव दिएका दिएका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीका संस्थापक अध्यक्ष तारापति सुवेदीले शुरुका दिनमा संस्था चलाउन निकै कठिन भएको स्मरण गरेका थिए । उक्त पदस्थापन कार्यक्रममा सल्लाहाकार संयोजक सोमनाथ बास्तोला, सल्लाहाकार निलकण्ठ आर्चायले संस्था प्रति उत्तरदायि भएर लाग्ने बताएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठान कास्कीका वरिष्ठ उपाध्यक्ष टेक क्षेत्रीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सचिव ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

0 comments:
Post a Comment