Ads

Saturday, August 27, 2016

यी दूई हिरोको कारण गयो एक जनाको ज्यान

Posted By: Samsung - 3:59 AM

Loading...


दक्षिण भारतीय अभिनेताहरुका फ्यान यति क्रेजी छन् की कोही उनीहरुको मन्दिर बनाएर पुजा गर्छन् त कोही उनीहरुको फिल्म रिलिजको समयमा हलमा भब्य तरिकाले पूजाआजा गर्छन् । यसका ज्वलन्त उदाहरण हुन् अभिनेता रजनी कान्त । केहि दिन अघि मात्रै उनको फिल्म कबाली रिलिज भएको समयमा उनका फ्यानहरुलाई फिल्म हेर्नको लागि एक कम्पनिले छुट्टी समेत दिएको थियो । दक्षिण भारतमा रजनीलाई भगवान् मान्नेहरुको सङख्या अनगिन्ती छ । त्यस्तै अन्य केहि अभिनेताका फ्यानहरु पनि कम छैनन् । हालै मात्र कस्को हिरो ठूलो छ भन्ने बहस गर्दै दक्षिण भारतीय अभिनेता पवन कल्याणका एक फ्यानलाई साउथकै अर्का अभिनेता जुनीयर एन टी आरका फ्यानले मारेको खबर आएको छ । आफ्ना फ्यानको यस्तो खबर सुनेपछि पवन कल्याण उनलाई श्रदान्जली दिन पुगेका थिए । जानकारी अनुसार दुईबिच कसको हिरो ठूलो र राम्रो भन्ने बहस चलेको थियो । पवन कल्याणका फ्यानलाई मारेको आरोपमा एकलाई पुलिसले पक्राउ गरेको छ । जुनीयर एन टी आर र पवन कल्याण दक्षिण भारतीय सिनेमाका सफल अभिनेताहरु हुन् ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy