Ads

Sunday, April 2, 2017

दिपायलमा पेट्रोल पम्पबाट बजारमा सल्किएको आगो नियन्त्रण बाहिर

Posted By: Samsung - 1:41 AM

२० चैत, दिपायल । दिपायलको  पिपल्ला बजारमा एक पेट्रोल पम्पबाट भीषाण आगलागी भएको छ । ब्यस्त दिपायल बजारको बीच भागमै रहेको जीबी आयल स्टोरमा आगलागी भएको हो ।  आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् । २ वटा मोटरसाइकल पिन जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पडि्करहेकाले आगो अझै नियन्त्रणमा अएको छैन ।

दिपायल नगरपालिकाको दमकल बिगि्रएका कारण डँडेलधुराको अमरगढी नगरपालिकाको दमकल बोलाइएको छ । तर, आइपुग्न अझै २ घण्टा लाग्ने भएकाले आगो थप फैलिने अनुमान गरिएको छ ।
आगो नियनत्रण्का लागि स्थानीय र प्रहरी खटिएका छन् । तर, आगो फैलँदै गएको छ । आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ । आगलाागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन ।
सांसद कल्पना सोभको सुनचाँदी पसलमा पनि आगो सल्को छ । आगोलागी नियन्त्रणमा लागि प्रयास भइरहेपनि आगो फैँलदो रहेको प्रहरीले जनाएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy