Ads

Sunday, April 2, 2017

नलसिङ गाडमा २७ करोड भ्रष्टाचार ! आयोजना प्रमुखसहित ६ विरुद्ध मुद्दा दायर

Posted By: Samsung - 8:14 AM

२० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङ गाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि परामर्श दाता छनौटमा २७ करोड २४ लाख ५४ हजार ३५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार हुन लागेको भएको अख्तियारको दाबी छ । आयोगका अनुसार हचुवाको भरमा मूल्यांकन गरी नलसिङ गाड जलविद्युत आयोजना विकास समितिलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ ।
कम मूल्य प्रस्ताव गर्नेलाई जानीजानी कम अंक दिएको, डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन पेश गर्नु पर्नेमा एसएईसीको हकमा डिटेल कन्ट्रक्सन ड्रोइङलाई नै डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन मानेको पाइएको अख्तियारले बताएको छ ।
कम कबुल र छनौट भएको कम्पनीको कबुल रकमको अन्तरलाई अख्तियारले भ्रष्टाचार हुन लागेको रकम मानेको छ । त्यो रकम भनेको २७ करोड २४ लाख ५४ हजार ३५१ रुपैयाँ ६२ पैसा हो ।
अख्तियारले कार्यकारी निर्देशक मोतिबहादुर कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र एसएमइसी-एमडब्लुएच कम्पनीका नेपाल प्रतिनिधी उदीपलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले १३ करोड ६२ लाख २७ हजार १६५ रुपैयाँ ८१ पैसा जरिवाना र एक बर्ष जेल सजायँ माग गरेको छ । २७ करोड २४ लाख ५४ हजार ३५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार गर्ने उद्देश्यले निर्णय भएको तर, लेनदेन भइनसकेकाले भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ३ अनुसार आधा रकम मात्र बिगो दाबी गरिएको हो ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy