Ads

Sunday, April 2, 2017

फेसबुकमा गलत आरोप लगाउँदा ५ करोड जरिवाना

Posted By: Samsung - 1:11 AM

फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! फेसबुकमा हचुवाका भरमा गलत कुरा लेखेर अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ ।
घटना अमेरिकाको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित एक अदालतले आफ्नो पूर्व साथीलाई छोरा मारेको आरोप लगाएर फेसबुकमा पोष्ट एकजना महिलामाथि ५ लाख डलर जरिवानाको फैसला गरेको छ ।

इशभिल्लेकी बासिन्दा ज्याकलिन ह्यामोन्डले आफ्नो फेसबुकमा त्यस्तो वाहियात कुरा लेखेकी थिइन् । उनले आफ्नो पूर्व साथी डेभिन डायललाई उधृत गर्दै सन् २०१५ मा फेसबुकमा लेखेकी थिइन्ः मैले रक्सी पिउन पाइन र आफ्नै छोरा मारेँ ।
Loading...
आफ्नो बारेमा गलत अफवाह फेसबुकमा फैलाइएको थाहा पाएपछि डायलले ह्यामोन्डलाई बेइज्जती गरेको, मनोवैज्ञानिक रुपमा आघात पार्ने दुरासयले मानसिक हमला गरेको जस्ता अभियोग लगाएर मुद्दा हाले ।
यो मुद्दामा गलत महिनामात्रै अदालतले अन्तिम फैसला सुनायो । जसमा ह्यामोन्डलाई पाँच लाख डलर नगद सजायँ गरियो । जसमध्ये अढाई लाख डायलले क्षतिपूर्ति बापत पाउनेछन् भने थप अढाई लाख जरिवानाबापत तिर्नुप्र्नेछ । एजेन्सी

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy