Ads

Saturday, March 18, 2017

वि.सं. २०७३ साल चैत ६ गतेको राशिफल - Horoscope

Posted By: Samsung - 4:10 PM


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
     परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन पनि राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ। 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ।


मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
      स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। कामको तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि मिहिनेतले सफलता दिलाउन सक्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले पनि समस्या निम्त्याउन सक्छ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मिहिनेत गर्दा पछिलाई फाइदा हुन सक्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    आँटले काम लिन सकिनेछ। मिहिनेत परे पनि कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरू जुट्नाले प्रतिद्वन्द्वीहरू परास्त हुनेछन्। रोकिएको काम पुन: काम प्रारम्भ हुनेछ। उद्योग तथा व्यापारमा विशेष फाइदा होला। कृषिमा कामको चाप बढ्न सक्छ। परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ। 

Loading...
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आँटेको काममा सानोतिनो समस्या आउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। समयमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्ने सम्भावना छ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ, सजग रहनुहोला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत रोकिन सक्छ। काम रोकिनाले चिताएको फाइदा उठाउन नसकिएला। आफन्तसँग असमझदारी बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउन सक्छ। भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम सम्पादन हुनेछन्।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा खर्चनुपर्ला। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। तत्काललाई स्थायीभन्दा अस्थायी पेसाबाट लाभ हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। शुभचिन्तकहरू बढ्नेछन्। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिश्रमले कीर्तिमानी दिलाउनेछ। 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, लगनशीलताले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काम सम्पादन गर्न सकिनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्यामा परिएला। बलजफ्तीले मात्र काम सफल नहुन सक्छ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। 





About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy