Ads

Monday, March 20, 2017

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने

Posted By: Samsung - 7:45 PM

चैत ८, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चीनमा नहुने हुँदा सन्धि–सम्झौता पनि नहुने भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ‘प्रोटोकल’ नमिल्ने हुँदा कुनै पनि सन्धि–सम्झौता हुनेछैन । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसमेत चीन नहुने हुँदा विदेश मन्त्रालयस्तरमा समेत सम्झौता नहुने भएको हो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड (ओबीओआर)’ परियोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रधानमन्त्री चीन भ्रमणमा जाँदै गर्दा चिनियाँ प्रधानमन्त्री ली अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमणमा जाँदै छन् । ‘प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भए पनि प्रोटोकल नमिल्दा कुनै पनि सम्झौता हुनेछैनन्,’ परराष्ट्र स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको भ्रमण औपचारिक रूपमा चीन जाने र आउने मात्र हुनेछ ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको व्यापार तथा पारवहन सन्धि भएको थियो । अहिलेसम्म सो सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा सो सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने बताइएको थियो ।
प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा सहभागी हुन १० चैतमा चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री चीन भ्रमणमा रहँदा चिनियाँ प्रधानमन्त्री सीसँगै केही विदेशी नेताहरूसँग समेत भेटावार्ता गर्नेछन् । त्यस्तै, सम्मेलनमा विश्वका आर्थिक नेतृत्वहरूको उपस्थिति हुने हुँदा त्यसको फाइदा उठाउँदै व्यवसायी तथा उद्योगीहरूसँग समेत भेट गर्ने सक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच, परराष्ट्र मन्त्रालयले चीन भ्रमणमा जाने १२ सदस्यीय टोली तय गरेको छ । टोलीमा प्रधानमन्त्री पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगै परराष्ट्र सचिव शंकरदास वैरागीसमेत सहभागी हुनेछन् । त्यस्तै, टोलीमा प्रधानमन्त्री कार्यालयका एकजना सचिवसमेत सहभागी हुनेछन् ।
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy