Ads

Monday, March 20, 2017

नेपाल दक्षिण एशियामा खुशी रहने तेस्रो देश

Posted By: Samsung - 5:43 PM

काठमाडौं, ८ ।दक्षिण एशियामा नेपाल खुशी रहने तेस्रो राष्ट्र बनेको छ । खुशीसम्बन्धी विश्व प्रतिवेदन २०१७ काअनुसार दक्षिण एशियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको हो । 
गएको वर्षको तुलनामा नेपाल खुशी हुने राष्ट्रको सूचिमा पनि माथि चढेको छ । गएको वर्ष १ सय ७ औं स्थानमा रहेको नेपाल अहिले ९९ औं स्थानमा उक्लेको हो । १ सय ५५ देशको सूचीमा दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुशी राष्ट्र बनेको छ । उसले भुटानलाई पछि पार्दै दक्षिण एशियाको शीर्ष स्थानमा आएको हो ।  
१ सय ५५ देशमध्ये पाकिस्तान ८० औं स्थानमा छ भने भुटान ९७ औं स्थानमा छ । यस्तै १ सय १० औँ स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा चौथो, १ सय २० औँ स्थानमा रहँदै श्रीलंका पाँचौ र १ सय २२ औँ स्थानमा रहँदै भारत दक्षिण एशियामा छैठाैँ स्थानमा छ । नेपालको उत्तर छिमेकी चीन भने ७९ औं स्थानमा छ । 

यी हुन् मापनका आधार 

सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले आन्तरिक उत्पादनमा भएको वृद्धि, औसत स्वस्थ आयु, स्वतन्त्रता, उदारता, सामाजिक सहयोग र सरकारी तथा व्यापारिक क्षेत्रमा कम भ्रष्टाचार हुनुलाई खुशी राष्ट्र बन्नका लागि सूचक तय गरेको थियो । 

नर्वे विश्वकै खुशी राष्ट्र

नर्वे भने विश्वकै सबैभन्दा खुशी राष्ट्र बनेको छ । सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदन अनुसार डेनमार्कलाई पछि पादै नर्वे विश्वकै खुशी राष्ट्र बनेको हो । समृद्धिको सन्तुलन, सामाजिक पुँजी, समाजमा रहेको विश्वासको स्तर, न्युन असमानता र सरकारमा रहेको विश्वासका आधारमा खुशी राष्ट्रको सूची तयार गरिएको हो । 
आन्तरिक उत्पादनमा भएको वृद्धि, औसत स्वस्थ आयु, स्वतन्त्रता, उदारता, सामाजिक सहयोग र सरकारी तथा व्यापारिक क्षेत्रमा भ्रष्टाचार नहुनुलाई खुशी राष्ट्र बन्नका लागि सूचकको रुपमा लिइएको नेटवर्कले जनाएको छ । 
१ सय ५५ राष्ट्र समावेश सूचिमा पहिलो १० राष्ट्रभित्र नर्वेपछि डेनमार्क, आइसल्याण्ड, स्वीजरल्याण्ड, फिनल्याण्ड, नेदरल्याण्ड्स, क्यानडा, न्युजिल्याण्ड, अष्ट्रेलिया र स्वीडेन छन् । अमेरिका १४ औँ, जर्मनी १६ औं, बेलायत १९ औँ र फ्रान्स ३१ औँ स्थानमा छन् । अमेरिका खुशी राष्ट्रको सूचिमा तल झर्नुको मुख्य कारण असमानता, अविश्वास र भ्रष्टाचार रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, सव साहारा अफ्रिका र सिरिया तथा यमन यो सूचिको पुछारमा छन् । 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy