चैत १३, दुलेगौडा । एमबिसन फेसन होम प्रा.लि.को आयोजनामा मिस्टर एण्ड मिस एसईई तनहुँ हुने भएको छ । माध्यमिक शिक्षा परिक्षा दिएर बसेका बिद्यार्थीहरुको अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गर्न प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको चैत १६ र १९ गते हुने शनिबार दुलेगौडाको डिजी क्याफेमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक दिपा पुनले जानकारी दिनुभयो ।
एम्बिसन फेसन होमले यसअघि मिस शुक्लागण्डकी सिजन वान र टु सम्पन्न गरिसकेको छ । करिव २४ जना अडिसनमा सहभागि हुने अपेक्षा लिएको एमबिसन फेसनका कार्यकारी निर्देशक प्रबिन पुनले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद रु २० हजार रुपैया चाँदीको ताज, चाँदीको ब्याज र एकबर्षको लागी मोडलिङ र भ्रमणको अवसर प्राप्त गर्नेछन् । यसैगरि फस्ट रनर अप र सेकण्ड रनरअपले ट्रफी, प्रमाणपत्र, साहसिक खेल र्याफ्टिङ जीप फायरको अवसरका साथै विभिन्न सुविधाहरु पउनेछन् ।
करिब १ महिनासम्म जारी रहने सो प्रतियोगिताका सहभागिहरुलाई मोडलिङ, व्यक्तित्व बिकास, उद्घोषणकला,पिकनिक,बिभिन्न सामाजिक सेवा तथा क्रियाकलाप, फोटोसुट,लगायतका विभिन्न तालिमहरु समेत प्रदान गरिनेछ ।
Loading...
Loading...


0 comments:
Post a Comment