Ads

Sunday, March 19, 2017

ओलीले भने- राष्ट्रियताको कुरा गर्दा कसैको मन पोल्छ भने के गर्न सक्छौं र ?

Posted By: Samsung - 2:46 AM

६ चैत, नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिको नाममा केही व्यक्तिको छुद्र स्वार्थ पुरा गर्न नसकिने बताएका छन् ।
एमाले बाँके प्रचार विभागले आइतबार बिहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा ओलीले भने, ‘राजनीतिको आडमा आफ्नो छुद्र स्वार्थ पुरा गर्नको लागि अराजनीतिक, हिंसात्मक, अराजक, अनुचित कार्य भएको छ । यस्तो कार्य राजनीतिमा कही कतै देख्न नपाइए पनि नेपालै हो, यहाँ जे पनि देख्न पाइन्छ ।’

उनले अघि भने, ‘मधेसी मोर्चाले राजनीतिको नाममा अपराधिक गतिविधि सञ्चालन गर्दै लोकतन्त्रको उपहास गरेको छ । लोकतन्त्रमा हिंसा स्वीकार्य हुँदैन तर, सरकारै लुलो र फितलो भएपछि कसको के लाग्छ र ?’
उनले राजनीतिमा विरोध गर्न पाउने अधिकार सबैको रहेको भएपनि अराजकता, अहिंसा बढाउने शन्तिपूर्ण भन्दै बम हान्ने अधिकार कसैलाई भएको बताए ।
एमालेको अभियान संविधान कार्यान्वयनको लागि भएको भन्दै उनले यसबाट कसैको टाउको दुखेको भए भन्नु केही नभएको एमाले अध्यक्ष ओलीले बताए । उनले भने, ‘हामी चाहान्छौं, नेपालमा विकास होस्, स्थायीत्व होस्, हाम्रा कुरा केही कसैलाई मन परेको छैन भने नपरोस् ।’
संविधानले जातीय, वर्गीय विभेद गरेको भन्दै मधेसी मोर्चाका नेताहशरुले अराजकताको खेती गरेको ओलीको आरोप छ । ‘आफ्नो क्षणिक स्वार्थ छाड्नुहोस्, संविधानले विभेद गर्‍यो भन्नुहुन्छ के बिभेद भयो भन्दा जवाफ छैन । अधिकार पाएनौं भन्नुहुन्छ, के अधिकारबाट बञ्चित हुनुभयो भन्दा पनि जवाफ छैन,’ उनले भने, ‘सधैं आफ्नो छुद्र स्वार्थको लागि जनता भड्काउँदै लडाउने मराउने कार्य अब बन्द हुनुपर्छ ।’
‘युरो र डलरमा चल्ने बुद्धिजिवीका कारण मुलुक अस्थिर’
राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षाको लागि बोल्दा आवाज उठाउँदा कसैको मन भत्भती पोल्छ भने हामीले के नै गर्न सक्छौं र ? भन्दै उनले भने, ‘युरो र डलरमा चल्ने आफुलाई बुद्धिजिवी भन्नेहरु र द्वन्द्वको खेती र पसल चलाउनेहरुको कारणले पनि मुलुक अस्थिरता तिर धकेलिएको छ । एमाले जिम्मेवार पार्टी भएकोले चुप लागर बस्दैन ।’
संविधान कार्यान्वयनको लागि निर्वाचन आवश्यक भएको भन्दै ओलीले भने, ‘नेपाली जनताले अनुपयुक्त संसदले काम गर्न सक्दैन भन्ने बुझिसकेका छन् । अबको निर्वाचनपछि जनताले दह्रो जवाफ दिनेछन् ।’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy