Ads

Thursday, February 9, 2017

बैंकहरुले गाडी, घरजग्गा र सेयरमा ऋण नदिने

Posted By: Samsung - 5:46 AM


अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले सचेत गराएको थियो । त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स एशोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच  छलफल भएको छ । छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र सेयर धितो ऋण रोक्ने सहमति भएको छ ।

‘हामीले कर्जा योग्य लगानी अभाव भइरहेको यो समयमा तत्काललाई यी कर्जामा लगानी नगर्ने गरि सहमत भएका हौं, सधै यी कर्जामा लगानी हुँदैन भन्ने पनि होइन,’ बैंकर्स एशोसिएशनका उपाध्यक्ष किशोर महर्जनले भने । तर हालाई भने यी क्षेत्रमा नयाँ कर्जा जाने छैन् ।
अनुत्पादक क्षेत्रमा तत्काललाई लगानी भइरहेको भन्दैे बैंकहरु आफैलाई संयमित हुन विहीवार भएको छलफलमा राष्ट्र बैंकल निर्देशन दिएको थियो । वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो ।
सवारी कर्जामा रोक
राष्ट्र बैंकले विहीवार नै सवारीको मूल्यको आधारमा कर्जा सीमा लोन टु भ्यालु रेसियो नतोकिएको कारण बैंकहरुले यो नीतिगत छिद्रताको लाभ उठाएर लापरवाहीसँग लगानी गरेको बताएको थियो । ‘मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) तोक्नुपर्ने भन्ने धारणा छ ’राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । राष्ट्र बैंकले घरजग्गा र सेयर धितोमा कर्जा दिदा यस्तो अनुपात तोकेको भएपनि सवारी साधनमा नतोकिएकोले अब त्यस दिशातर्फ बढ्नुपर्ने हुनसक्ने बताएको हो ।
चालु आवको ६ महिनामा नै ६० अर्ब रुपैयाँ बराबरको गाडी नेपाल भित्रिएको छ । गाडी खरिदमा बैंकहरुबाट कर्जा लगानी हुने भएकोले पनि यो व्यवसाय मौलाएको हो । तर राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको रुपमा लिदै यसमा बढि कर्जा लगानी भएकोमा समेत आपत्ती जनाएको छ ।

Loading...

बैंकहरुले यो क्षेत्रमा हुने नयाँ कर्जा प्रवाहमा रोक लगाउँने निर्णयसँगै गाडीको आयात वृद्धिदर घट्न सक्ने देखिन्छ । नेपालका ठुला घराना समेत गाडी आयातको व्यवसायमा लागेकोले केही समय यी व्यवसायमा पनि प्रभाव पर्ने हुनसक्छ । यद्यपी यस्तो प्रभावको आंकलन गर्न भने सकिने अवस्था छैन् ।
घट्दो सेयर बजारमा कर्जाको दबाब
चालु आवको मौद्रिक नीतिले नै बैंकहरुले सेयर धितोमा कर्जा लगानी गर्दा धितोको ५० प्रतिशत मूल्य बराबर मात्र लगानी गर्न निर्देशन दिएको थियो । शुरुमा यसमा कडाई नगरेपनि बैंकहरुले पछिल्लो समय भने यसमा पनि कडाई गर्दै गएका छन् ।
बैंकहरुले सेयर जस्ता क्षेत्रमा कर्जा प्रवाह नगर्ने घोषणा गरेपछि घट्दो सेयर बजारमा यसको थप दबाब देखिने छ । हुनत : केही समयअघि देखि नै बैंकहरुले सेयर कर्जामा कडाई गर्दै आएका थिए भने ब्याजदर पनि बढाइराखेका थिए ।
‘पहिले ८ प्रतिशतसम्ममा सेयर धितोमा कर्जा दिइरहेका बैंकहरुले अहिले लगानीकर्तालाई १३ प्रतिशतसम्म लिन थालेको छ, नयाँ कर्जा पनि जारी भएको छैन्, यही कारण सेयर बजारमा पनि प्रभाव परेको हो,’ एक ब्रोकरले भने ।
बैंकहरुले निक्षेपमा व्याजदर बढाउँदा लगानीकर्ताहरु सेयरबाट निक्षेपमा आकर्षित भइरहेका छन् । यस्तोमा कर्जामा समेत भएको कडाईले थप प्रभाव पर्नेछ ।
‘हाम्रो बजारमा धेरैजसो कर्जा लिएर लगानी गर्ने सेयर लगानीकर्ताहरु छन्, नयाँ कर्जा नपाउँदा र पुरानो कर्जाको लागि राखेको सेयरको धितोको मूल्य समेत घट्दा बैंकहरुबाट धितो बढाउँन लगानीकर्तालाई दबाब परेको छ,’ ती ब्रोकरले भने ।
घरजग्गा कारोबारमा सुस्ति 
सेयर बजारमा भएको वृद्धि र बैंकहरुबाट भइरहेको कर्जा लगानीले बढेको घरजग्गाको कारोबारमा बैंकहरुको यो कदमपछि अहिलेको तुलनामा मन्दी आउँन सक्ने देखिएको छ । हुनतः बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण हेर्ने हो भनेपनि कुल कर्जाको अधिकत्तम सीमा (२५ प्रतिशत) सम्म कुनै वाणिज्य बैंकले पनि यी क्षेत्रमा लगानी गरेको देखिदैन् । तर, ओभरड्राफ्ट कर्जा शिर्षकबाट समेत घरजग्गा र सेयरमा लगानी भएको भन्दै राष्ट्र बैंकले यो शिर्षकको कर्जालाई पनि अनुत्पादक क्षेत्रको रुपमा लिएको थियो ।
२०६६/६७ मा घरजग्गाको कारोबारमा आएको बबलले कतिपय वित्तीय संस्थामा पनि असर गरेको थियो । हुनतः यसपटक पुरानै अवस्थामा जस्तो घरजग्गाको कारोबारमा वृद्धि नभएपनि ४/५ वर्ष यताकै उच्च तहमा कारोबार पुगेको छ । बैकर्सहरुले लिएको निर्णयले भने यो क्षेत्रमा समेत अहिले देखिएकै जस्तो वृद्धि तत्काल नदेखिने भएको छ । सेयर बजार र घरजग्गा कारोबारबीच समेत सम्बन्ध रहेको नेपाली अर्थतन्त्रमा खस्कदो सेयर बजार, कर्जा लगानीमा हुन लागेको कडाईले पनि प्रभाव पर्नेछ ।
उत्पादन लगायत तोकिएको क्षेत्रमा लगानी नबढाएका बैंकहरुले त्यो दिशामा अगाडी नबढे कारवाही समेत भोग्नु पर्ने अवस्था रहेकोले तत्काल बैंकहरुले अनुत्पादक मानिएका कर्जा लगानीमा आफुलाई नियन्त्रित गर्ने जमर्को भने गर्नेछन् ।
@onlinekhabar

Also Read प्रियंका प्रेग्नेन्ट भएको सनसनीपूर्ण खुलासा || आखिर कस्को हो त बच्चा ?

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy