Ads

Saturday, February 4, 2017

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो ( भिडियो सहित )

Posted By: Samsung - 6:32 AM
Loading...



माघ २२, काठमाडौं । लण्डनमा आत्महत्या गरेका चर्चित र्‍यापर यमबुद्ध (अनिल अधिकारी) का परिवारजनले मिडियासँग गुनासो पोखेका छन् । मिडियाले आफूहरुलाई नसोधिकन यमबुद्धको मृत्युबारे विभिन्न समाचार लेखेको र विशेष गरी बुहारी अस्मिता सेढार्इं गायव रहेको भन्नेजस्ता समाचारका लेखेका कारण परिवारमा चोट पुगेको मृतकका परिवारजनको गुनासो छ ।
यमबुद्धको १३ दिने काजकिरिया अहिले मैतीदेवीस्थित उनको घरमै भइरहेको छ । यमबुद्धका काका डा. कृष्ण अधिकारी सेता लुगा लगाएर आफ्ना भतिजको किरिया बारिरहेका छन् । डा. अधिकारी नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष एवं नेपाल मेडिकल काउन्सिलका सदस्यसमेत हुन् ।

अस्मिताले  भनिन्- ‘अरुले यमबुद्ध गुमाएका छन्, तर मैले अनिल अधिकारी, अर्थात  पति गुमाएकी छु, यसबाट जेजति चोट परेको छ, मलाई परेको छ ।’मैतीदेवीस्थित यमबुद्धको घरमा सेतो पहिरनमा यमबुद्धकी पत्नी अस्मिता सेढाईं अधिकारी शोकाकूल अवस्थामा भेटिइन् ।
पतिवियोगमा परेका बेला मिडिया र सामाजिक सञ्जालहरुमा आइरहेका विभिन्न प्रतिक्रियाबारे आफू पनि अपडेट भइरहेकी उनले बताइन् । यसबाट आफूलाई थप ‘टर्चर’ भएको अस्मिताले सुनाइन् ।अनलाईनखबरबाट

विस्तुत जानकारीका लागी भिडियो हेर्नुहोस

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy