अभिनेत्री जिया खान आज हामीसामु भइदिएको भए, उनी २९ बर्षको भइसकेकी हुन्थिन् । तर, २०१३ जुन २ मा उनले यस संसारबाट बिदा लिइन् । हाउसफूल, निशब्द जस्ता फिल्ममा अभिनय गरेकी उनको मृत्युले बलिउडमा ठूलै हंगमा मच्यायो ।
सुरुमा आत्माहत्या भनियो । तर, यो घटनामा त्यसबेला ट्वीस्ट आयो, जब चार महिनापछि वकिलले जियाको मृत्त देहको फोटो सार्वजनिक गरिदिए । उक्त फोटोले ब्वाइप|mेन्ड सूरज पन्चोलीमाथि आशंका गर्ने प्रशस्तै ठाँउ दिएको थियो ।
जियाको मृत्युपछि खिचिएको उक्त फोटोबाट यसलाई आत्माहत्या भन्दा पनि हत्या भएको धेरैले निष्कर्ष निकाले । यो विवाद अहिलेपनि ज्यूँको त्यूँ छ ।
पछि बि्रटिश फोरेन्सिक एक्स्पर्टको रिपोर्टले के भन्यो भने, ‘जियाको हत्या गरेपछि उसको मृत्त शरीरलाई झुन्ड्याइएको हो ।’
जिया खान जस्तै विवादस्पद छ, अन्य बलिउड सेलिबे्रटीमो मृत्यु पनि । जस्तो कि, प्रत्युषा बनर्जी ।
‘बिग वोस-७’ मा देखिएकी प्रत्युषाको मृत्युपछि यस्तो फोटो वाहिर आयो, जसले उनको मृत्यु प्रकरणलाई शंकास्पद बनाइदियो ।
उनकै समकक्षी एजाज खानले प्रत्युषाको लासको फोटो फेसबुकमा शेयर गरे र लेखे, ‘यो मेरो साथी प्रत्युषा बजर्नीको मृत्युको फोटो । यदि उनले सुसाइड गरेको भए आँखाको तल देखिएको दाग कसरी आयो ? नाखको तलतिर कुटिएको निसान कसरी देखियो, ओंठमा चोट कसरी देखियो ?’ २०१६ को अपि्रलमा प्रत्युषालाई आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारिएको थियो ।
मनोरञ्जनका लागि तलको भिडियो हेर्न सक्नुहुनेछ ।


0 comments:
Post a Comment