Ads

Tuesday, January 17, 2017

कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सञ्चालन

Posted By: Samsung - 3:23 AM


माघ ४, काठमाडौं । कृषि बिकास बैंकले मोबायल बैंकिङ सुरु गरेको छ । बैंकले आफ्नो ग्राहकलाई एडीबीएल स्मार्ट बैंकिङ नामक मोबाइल बैंकिङ सेवा दिन थालेको हो ।

यो सेवा लिएपछि ग्राहकले हरेक कारोबारको सूचना प्राप्त गर्ने, रकम ट्रान्सफर, स्टेटमेन्ट तथा चेकबुक अनुरोध, चेक तथा डेविट कार्ड आदि रोक्का गर्न सक्ने र कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धि जानकारी लिन सक्ने छन् । यसै वर्ष यो सेवा लिने ग्राहकलाई बार्षिक शुल्क नलाग्ने समेत बैंकले उल्लेख गरेको छ ।
यस सेवामा ५ तहको सुरक्षा प्रणाली अवलम्बन गरिएको बैंकले स्पष्ट पारेको छ ।


बैंकको आवश्यकता अनुसार एफवान सफ्टले यो सफ्टवेयरको बिकास गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको उपस्थितीमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका प्रमुख प्रेम कुमार श्रेष्ठ र एफवान सफ्टबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सम्झौतामा हस्ताक्षर गरे ।


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy