Ads

Friday, January 20, 2017

‘५ आरोप’मा दुर्गा खरेलः ‘हुर्केकी छोरीलाई बिहे प्रस्ताव त आइहाल्छ नि’

Posted By: Samsung - 3:27 AM

एकसय बढी गीतमा स्वर दिएकी छिन् गायिका दुर्गा खरेलले । पछिल्लो पटक ‘काले काले’ बोलको गीत गाएकी दुर्गाले त्यहि गीतवाट केहि अवार्ड पनि पाइन् । नयाँ एल्बमको तयारीमा रहेकि दुर्गा आफूलाई चुजी गायिकाको रुपमा चिनाउन चाहन्छिन् । उनै गायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः
१. नयाँ गीत गाउन ढिला गर्नुभयो भन्छन् नि ?
त्यस्तो होइन । मैले गाइरहेकी छु । ‘मेरो काले काले’ बोलको गीत आएको १ वर्ष पनि पुगेको छैन । अझै त्यसको प्रमोशन गर्दैछु । त्यहि कारण पनि त्यस्तो लागेको हुनसक्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...

२. पर्दामा देखिने, स्टेजमा पुग्ने गायिका हुनुहुन्छ तपाई । तर, शरीर मेन्टन गर्न सक्नु भएन भन्ने आरोप छ नि ?
पहिला असाध्यै धेरै खान्थेँ , तर अहिले कम गरेकी छु । तर, मलाई चाँडै भोक लाग्छ । थोरै थोरै खाइरहन्छु । मोटाएर शरीर मेन्टनै गर्न नसकेको भन्ने कुरा गलत हो । आफ्नो शरीर राम्रैसँग मेन्टन गरेकी छु । त्यस्तो भद्दा अहिले छैन ।
३. घरबाट बिहेका लागि कुरो आउँदा सधै टार्नु हुन्छ रे, तपाइले प्रेमी भएर पनि लुकाउनु भएको छ भन्ने आरोप धेरैले लगाउँछन ?
त्यो त हो । हुर्केकी छोरीलाइ घरका मान्छेले बिहेको प्रस्ताव राख्नु ठूलो कुरा होइन । तर, बिहे भन्ने कुरा देखेकोले हुँदैन, लेखेको हुनुपर्छ भन्छन् । मलाइ पनि त्यस्तै लाग्छ । तत्कालै बिहे गर्ने भन्दा पनि गायनमै केहि वर्ष लाग्नुपर्छ जस्तो लागेको छ ।
४. विदेशबाट कार्यक्रमको प्रस्ताव आउँदा, सस्तो रकममा पनि पुग्नु हुन्छ भन्ने हल्ला सुनिन्छ बजारमा, के यो आरोप सत्य हो ?
होइन, होइन । म त सबै भन्दा चुजी छु । भनेजति पारिश्रमिक नपाइकन कहि पनि जान्नँ । त्यहिकारण मैले विदेशमा धेरै कार्यक्रम गरेको छैन ।
५. ‘काले काले’ गीतले हिट त हुनुभयो, तर तपाइले यो गीतलाई बढी महत्व दिदा अरु श्रृजना मार्नु भयो भन्छन् नि ?
त्यो पनि होइन । मेरो हरेक गीत आफ्नै खालको छ । यति हो कि ‘काले काले’ बोलको गीतले अरु गीत भन्दा बढी चर्चा पायो । त्यसो हुनुमा त्यसको संगीत र भिडियो पनि हो । मेरा लागि सबै गीत उत्तिकै महत्वपूर्ण छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy