Ads

Thursday, January 12, 2017

दोस्रो कवासे रमाईलो मेलाको राज्यमन्त्रि आचार्यद्धारा उद्घाटन, भुमिका, पदम र शंकरले तताए मेलाको माहोल (फोटो सहित)

Posted By: Samsung - 8:19 AM
Loading...

Loading...


बिनोद ढुंगाना
पुस २८, दुलेगौडा । कवासे युनाईटेड युथ क्लबको आयोजनामा तनहुँको दुलेगौडामा बिहिबारबाट दोस्रो कवासे माघे सक्रान्ति रमाईलो मेलाको सुरु भएको छ ।  “संस्कृतीको संरक्षण, खेलकुदको विकास, समावेशी समाज निर्माणमा हाम्रो प्रयास” भन्ने नारा सहित आयोजित मेलाको सिँचाई राज्यमन्त्रि एवंम नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यले उद्घाटन गर्नुभयो ।

मेलाको उद्घाटन गर्दै राज्यमन्त्रि आचार्यले देशको राजनितिक अवस्था अत्यन्तै जटिल रहेको बताउदै आउदो बैशाखसम्ममा निर्वाचन गर्ने परिकल्पनाका साथ अगाडि बढेकोमा केही राजनितिक दलमा अहिले असहमति रहेको र सहमतिको प्रयास समेत भईरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “शुक्लागण्डकी नगरपालिका पर्यटकिय हिसाबले महत्वपुर्ण ठाउँ भएकाले यसको सम्बद्र्धन र बिकासका लागी युवाहरु लाग्नुपर्छ ।” 

मेलामा बोल्दै तनहुँ उधोग वाण्ज्यि संघका अध्यक्ष कृष्णराज पण्डित,तनहुँ उधोग वाणिज्य संघ दुलेगौडा बजार ईकाईका अध्यक्ष विमल प्रसाद रिमाल, नयाँ शक्ति पार्टिका देउनारायण श्रेष्ठ, नेकपा एमालेका लेकनारायण श्रेष्ठ, नेपाली कांग्रेसका माधव भट्टराई, महेश्वर भट्टराई, नेवि संघका चुणमणि खनाल,शूकलागण्डकी जेसिस बर्ष २०१७ का अध्यक्ष बिनोद राउत लगायतले मेलाको पुर्ण सफलताको शुभकामना दिनुभएको थियो ।

मेलाको पहिलो दिन बिहिबार चर्चित लोकदोहोरी गायिका भुमिका गिरीले नरिसाउन कान्छु,तिउन मिठो बनायो चुकैले र गायक पदम थापा के के ताक्छ मायाले, कौडा गीत प्रस्तुत गर्दा उपस्थित दर्शकहरु छमछमी नाचेका थिए । 

स्थानिय हाँस्य कलाकार शंकर आलेको हाँस्यव्यंग नृत्यले पनि मेलाको माहोल तताएको थियो ।  त्यस्तै मेलामा गायक सुरन परियार  यामसागर बि.क. बिन खाती पप गायक सुनिल श्रेष्ठ लगायत स्थानिय कलाकारहरुका समेत प्रस्तुति रहेको थियो ।

मेलामा देश परदेश म्युजिक प्रा.ली.ले बजारमा ल्याएको लोकदोहोरी गीत मेरो दिलवालीको राज्यमन्त्रि आचार्यले विमोचन गर्नुभएको थियो । 

मेलामा शुक्रबार लोकदोहोरी गायक राजन कार्की, गायिका तुलसा जि.सी. र हाँस्य कलाकार मनिष घिमिरे लगायत अन्य स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ ।

माघ १ गतेसम्म चल्ने मेलाको पहिलो दिन बिहिबार करिब ५ हजार दर्शकले अवलोकन गरेको आयोजक कवासे युनाईटेड युथ क्लबका सचिव सुरज लम्सालले बताउनुभयो । 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy