५ माघ, काठमाडौं । सरकारले आजबाट भूकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ वितरण सुरु गर्दैछ । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम पाउनेछन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा मकवानपुर र सिन्धुलीका भूकम्प पीडितलाई दोस्रो किस्ताको डेढ लाख वितरण गर्दैछ । दुई जिल्लाबाट दोस्रो किस्ताका लागि करिव ३०० पीडितको नाम सिफारिस भएको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस
Loading...
घर निर्माण अघि बढाएका अन्य पीडितलाई समयमै दोस्रो किस्ताको रकम वितरण गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई भनिएको छ ।
सोमबारसम्मको तथ्यांक अनुसार भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् ।
Loading...


0 comments:
Post a Comment