Ads

Friday, January 13, 2017

दोस्रो कवासे माघे सक्रान्ति रमाईलो मेला जारी, राजन कार्की र तुलसा जि.सी.ले दर्शकलाई नचाए

Posted By: Samsung - 4:49 PM
Loading...

Loading...


न्यूजनेपाल २४
पुस २९, दुलेगौडा ।
कवासे युनाईटेड युथ क्लबको आयोजनामा भएको दोस्रो कवासे माघे सक्रान्ति रमाईलो मेला आज पनि जारी रह्यो । मेलाको दोश्रो दिन करिब ७ हजार दर्शकले अवलोकन गरेको मेलाका संयोजक नारायण रिमालले बताए ।
मेलामा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेपछि आयोजक संंस्था कवासे युनाईटेड युथ क्लबका सचिव सुरज लम्सालले महोत्सव सफल बनेको आभास गरेको बताए । साथै उनले मेलाको अन्तिम दिन शनिबार मेला अवलोकन गर्न सबैसँग आग्रह गरे ।

शुक्रबार मेलामा आमा समुह स्तरिय रत्यौलि गीत प्रतियोगितामा शिवशक्ति आमा समुह, माछापुच्छ्रे आमा समुह र सिद्धार्थ आमा समुहको प्रस्तुतिले मेलालाई केहीबेर रत्यौलिमय बनाएको थियो ।

स्थानिय कराँते खेलाडी काजीमान श्रेष्ठले १५० के.जी.को ढुंगा छातीमा राखी ५ के.जी.को घनले फोरी साहसिक खेल प्रर्दशन गरेका थिए ।

मेलाको मुख्य आर्कषणको रुपमा रहेका चर्चित लोकदोहोरी गायक राजन कार्किले नेपालका चर्चित १०  जना गायकको स्वरमा गीतहरु प्रस्तुत गरेका थिए । कार्कीले आमा बोलको गीत प्रस्तुत गर्दा भावुक बनेका दर्शकहरुलाई मायाले माया लुकायो , पञ्चेबाजाको गीत मार्फत नचाए । गायक शंकर पन्तको पनि प्रस्तुति रहेको थियो ।


चर्चित लोकदोहोरी गायिका तुलसा जि.सी.ले केमा लायौ मोहनी, जाम झोला बोकेर, सेती दोभानैमा लगायतका गीतहरु प्रस्तुत गर्दा दर्शकहरु नाच्नमै व्यस्त रहेका थिए ।

त्यस्तै हाँस्य कलाकार मनिष घिमिरे लगायत अन्य स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
मेलाको अवलोकन गरिसकेपछि शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ की संयोजक सरस्वती प्रोखेल लम्सालले मेलामा निकै रमाईलो भएको भन्दै आफ्नै ठाउँमा भएको मेलाको अवलोकन गर्नुपर्ने बताईन ।

मेलामा उत्कृष्ट नृत्य प्रस्तुत गर्नेमध्ये यशोदा पुडाशैनीलाई पुरस्कार स्वरुप एक क्यारेट अण्डा प्रदान गरिएको थियो । पुरस्कारको प्रायोजन शुक्लागण्डकी पोल्टिफार्मले गरेको हो ।

संस्कृतीको संरक्षण, खेलकुदको विकास, समावेशी समाज निर्माणमा हाम्रो प्रयास” भन्ने नारा सहित आयोजित मेलाको अन्तिम दिन शनिबारको मुख्य आर्कषणको रुपमा गायक कालिप्रसाद बाँस्कोटा, लोकदोहोरी गायक घनश्याम रिजाल,शंकर पन्त, गायिका कुशुम क्षेत्री,मालती राना, हाँस्य कलाकार सुरज भिरखोईरे र सैनिक सेभियर व्याण्ड रहेका छन् । साथै  स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहनेछ  ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy