Ads

Saturday, January 21, 2017

एमाले नेताको दाबीः सुन तस्करीमा गृह र अर्थ मन्त्रालयकै संलग्नता छ

Posted By: Samsung - 1:51 AM

८ काठमाडौं, माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको दाबी गरेका छन् । उनले भने, ‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन ।’

शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका एमाले नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माग गरे । उनले भने, ‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनका लागि पनि सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भैरहेको छानविन नाटकमात्रै हो ।’
उनले संविधान संशोधन विद्येयक कुनै हालतपनि पनि पारित नहुने ठोकुवा गरे । उनले भने, ‘स्वतन्त्र सांसदहरुसहित कांग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुन सम्भव छैन ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...

चुनावको विकल्प नरहेको भन्दै एमाले नेता महासेठले दलहरु चुनावको लागि केन्दि्रत हुनुपर्नेमा जोड दिए ।
एमाले पार्टीको लोकपि्रयता देखेर कांग्रेसको नेतृत्वमा एमालेविरुद्ध मोर्चाबन्दीको प्रयास भइरहेको दाबी गरे । उनले अघि भने, ‘एक्लै चुनावमा गए भने एमालेले बहुमत ल्याउँछ भन्ने लागेको छ, त्यसैले बाहिरी शक्तिको इशारामा एमाले भर्सेस कांग्रेस-माओवादीको गठबन्धन बनाउने काम भरहेको छ ।’
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अबको १० वर्षभित्र एमालेमुक्त नेपाल बनाउने भनेर भाषण गरेको भन्दै उनले भने, ‘भारत त एमालेमुक्त छैन, अनि नेपाल कसरी एमालेमुक्त हुन्छ ?’

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy