Ads

Wednesday, January 18, 2017

श्रीमानलाई ‘किस’ गर्दा ज्यान जाने रोग लागेपछि

Posted By: Samsung - 6:44 AM
मिनेसोटा की २९ वर्षकी जोहाना वॉटकिन्स आफ्नो श्रीमानलाई एक चुम्मा पनि गर्न सक्दिनन् ।
उनी श्रीमानसँग एउटै कोठामा पनि बस्न सक्दिनन् । जोहानालाई रोग प्रतिरोधी क्षमतासँग जोडिएको एउटा दुर्लभ रोग लागेको छ । जसलाई मास्ट सेल एक्टीवेशन सिंड्रोम भनिन्नछ । जसका कारण प्राय सबै सामग्रीदेखि एलर्जी हुने गर्छ।
जोहानालाई लागेको यो रोगले आफ्नो श्रीमान स्कन्टबाट पनि एलर्जी हुन्छ । त्यसैले उनीहरुको सँगै समय बिताउने तरिका पनि फरक छ ।



जोहाना भन्छिन् ‘हामी साथमा हुँदा कुनै शो हेर्ने कोशिश गर्छाै । हामी एउटै कोठामा पनि बस्न सक्दैनौ किनभने मलाई एलर्जी छ । म जहाँ बस्छु त्यसको तीन तला मुनि स्कट आफ्नो ल्यापटपको साथमा हुन्छन् । उनी र म एउटै शो हेर्छौ अनि एसएमएसमा त्यो शो बारे कुराकानी गर्छाै ।’
जोहाना घरको सबैभन्दा माथिको कोठामा बस्छिन जहाँ झ्याल, ढोका सबै बन्द हुन्छ । त्यहाँ हावा पसाउनको लागि प्यूरिफायर लगाइएको छ । उनलाई गम्भिर खालको मास्ट सेल एक्टीवेशन सिंड्रोम लागेको हो । जसले गदाए बाहरी कीटाणुबाट बचाउने सेल उनको शरीरलाई नै हानी गर्न थाल्छ ।
यो रोगको लक्षण व्यक्ति अनुसार फरक फरक हुन्छ । तर जोहानाको रोग यति गम्भिर छ कि उनलाई प्राय सबै कुरादेखि एलर्जी छ । कुनै पनि चीजले उनको जीन्दगीलाई खतरा हुन सक्छ र ज्यानै पनि जान सक्छ । त्यसैले यो जोडी टाढिएर बसेको छ ।
@osnepal
.
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy