Loading...
Loading...
तनहुँ ।शरिरमा रोग हुँदा हुँदै पनि घरको ऋण र साहुको वचन सम्झेर धेरै परदेशिएका हुन्छन् । अनि परदेशबाट आमासँग दबाई पठाइइदेउ भन्छन् । यस्तै वास्तविक कथामा आधारित रहेर जानुका पौडेलको दोस्रो कोशेली लोकगीत आमा दबाई पठाईदेउ सार्वजनिक भएको छ । गीतमा बिश्व बिनोदको एकल स्वर र लय सिर्जना रहेको छ । शब्द सिर्जनामा जानसका पौडेललाई बिश्व बिनोदले साथ दिएका छन् ।
जनुका पौडल र बिश्व बिनोद दुबै जना परदेशि भुमि बहराईनमा कार्यरत छन् । परेदेशी भुमिमा रहेर पनि उनिहरु नेपाली लोक संगीतको क्षेत्रमा लागी रहेका छन् ।
विन्ध्यवासिनी म्युजिक प्रा.लि. मार्फत बजारमा आएको गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । दुर्गेश थापा र रेश्मा के.सी. ले निकै उत्कृष्ट अभिनय गरेका छन् । राजेश घिमिरेले खिचेका भिडियोका दृश्यहरुलाई बिष्णु शर्माको सम्पादनमा तयार पारिएको हो ।
Loading...
Loading...


0 comments:
Post a Comment