माघ १४, २०७३ । नेप्कम्स् सर्भिसेज पोखराको कार्यालय सिद्धार्थचोकमा माघ १८ गते मंगलबार अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । नेप्कम्स् सर्भिसेजको आयोजनामा हुन लागेको सेमिनार अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै अष्ट्रेलियन शिक्षा तथा भिसा सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना हुन लागको कुरा पोखराका प्रमुख सन्तोष शाहीले जानकारी दिए ।
सेमिनारमा अष्ट्रेलियाका प्रतिष्ठित कलेज र युनिभर्सिटीहरुको सहभागीता हुने उनले बताए । माइग्रेशन एजेन्ट तथा नेप्कम्स् सर्भिसेज अष्ट्रेलियाका प्रमुख राम श्रेष्ठ तथा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिनेछन् । सेमिनारमा विद्यार्थीहरुले प्रत्यक्ष रुपमा कलेजका प्रतिनिधिहरुलाई भेटेर अष्ट्रेलियाको शिक्षा सम्बन्धी, अध्ययन गर्दा लाग्ने खर्च, भर्नाका प्रक्रियाहरु र भिसा सम्बन्धी जिज्ञासा मेट्न सक्नेछन् ।
साथै भिजा पोलिसी, अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुलाई अवसर र अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराइने शाहीले जानकारी दिए । माघ १८ गते मंगलवार हुने सेमिनारमा पोखरा र आसपासका तीन सय भन्दा बढी विद्यार्थी सहभागी हने आयोजकको अपेक्षा छ । उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमिनार निकै उपयोगी शाहीले बताए ।


0 comments:
Post a Comment